logo

  • ३० बैशाख २०८२, मंगलवार | Tue, 13 May 2025

  •      Listen Radio Live

    पुर्णखोप अध्याबधिक गर्ने खोप समन्वय समिति प्युठानको निर्णय

    पुर्णखोप अध्याबधिक गर्ने खोप समन्वय समिति प्युठानको निर्णय

    जिल्ला खोप समन्वय समितिको बैठक आज बिजुवारमा सम्पन्न भएको छ । समितिका संयोजक धरम बहादुर जिसिको अध्यक्षतामा भएको बैठकले जिल्ला पुर्णखोप अध्याबधिक गर्ने निर्णय गरेको छ । बैठकमा संयोजक जिसिले हरेक बालबालिकाको पुर्ण खोपको अधिकारबाट बन्चित नहोस भनेर हरेक बर्ष अध्याबधिक गरी पुर्णखोप जिल्ला घोषणा गर्ने गरिएको छ । जिल्लाका सबै स्थानिय तहमा स्वास्थ्यकर्मीको नेतृत्वमा सर्बेक्षणको काम भइरहेको स्वास्थ्य कार्यालयका प्रमेख मधुसुदन खड्काले बताउनुभयो ।

    सर्बेक्षणका समयमा ५ बर्ष सम्मका बालबालिकाको पहिचान गरि १६ देखि २३ महिनासम्मका बालबालिकाले पुर्ण खोप पाएको सुनिश्चित गर्ने , यदि नपाएको भएको खोप दिने काम सकिएपछि पुर्ण खोप पालिका , जिल्ला घोषणा गर्न सकिने खोप फोकल प्रसन कोशल बैधले बताउनुभयो । जिल्लाभर अहिले सर्बेक्षणको काम भइरहेको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।



    mandavionline mandavionline    
  • १४ बैशाख २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP