logo

  • ६ असार २०८२, शुक्रबार | Fri, 20 Jun 2025

  •      Listen Radio Live

    स्याउलिबाङमा बल्यो बिजुली, बत्ती बाल्न पाउँदा स्थानीय खुशी 

    स्याउलिबाङमा बल्यो बिजुली, बत्ती बाल्न पाउँदा स्थानीय खुशी 

    प्युठानकाे स्याउलिवाङमा पहिलाे पटक केन्द्रीय प्रसारण लाइन पुगेकाे छ । नेपाल बिधुत प्राधिकरण प्युठानले जिल्लालाई पुर्ण उज्यालाे जिल्ला घाेषणा गर्ने अभियान अन्तर्गत नौबहिनी गाउपालिकाकाे वडा नम्बर १ मा पहिलाे पटक बिधुत बिस्तार गरिएको छ ।

    बिधुत बिस्तार कामकाे अनुगमनका क्रममा नौबहिनी गाउपालिकाका अध्यक्ष दिलबहादुर थापाले धेरै सम्भाबना बाेकेकाे ठाउँ स्याउलिबाङमा बिधुत बिस्तारले पर्यटन बिकासका ढाेका खुलेकाे बताएका छन जिल्लाकाे उच्चहिमाल काेठिभिरकाे काखमा अबस्थित स्याउलिवाङ अब उज्याे बस्ति बनेकाे बताए ।

    अनुगमनमा प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुबेदिले  अब जिल्लाका कुनै पनि बस्ति अध्याराे नहुने बताएकी छन सुबेदिले शुन्दर स्याउलिबाङमा बिधुत तथा सडक बिस्तारले मुख्य रुपमा  पर्यटन बिकासमा राम्रो प्रभाब पर्ने बताएकी छन ।

    प्युठान जिल्ला पुर्ण रुपमा उज्यालाे जिल्ला बनाउने हिसाबले बत्ति नपुगेकाे ठाउमा बिधुत बिस्तारकाे काम अगाडि बढाएको बिधुत प्राधिकरण बितरण केन्द्र प्युठानका कार्यालय प्रमुख महेन्द्र दासले बताएका छन । अहिले प्युठानकाे स्याउलिबाङ र  अर्खा रजवाराका वाकि ठाउमा असार सम्म सक्ने गरि ठेक्का मार्फत काम भइरहेकाे उनले बताए ।

    स्याउलिबाङमा हाल सम्म लघु जलबिधुत मार्फत बत्ति बालिएकाे थियाे । लघु बिधुतमा  पटक पटक समस्या देखिँदा समस्या भाेगेका स्याउलिबाङ बासि पहिलोपटक केन्द्रीय प्रशारण लाइन पुग्दा हर्सित भएको भिम गौचनले बताए ।

    जिल्लामै बिधुत उत्पादन भएपनि जिल्लाका सबै ठाउमा बिधुत पुगेकाे थिएन । जिल्ला का सबै बस्तिमा असार सम्म बिधुत बिस्तार गरि उज्यालाे जिल्ला घाेषणाकाे तयारिमा रहेकाे बिधुत प्राधिकरण प्युठानले जनाएको छ ।



    mandavionline mandavionline    
  • २९ चैत्र २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP