logo

  • १४ असार २०८३, आईतवार | Sun, 28 Jun 2026

  •      Listen Radio Live

    लगातार दोस्रो पटक कार्यसम्पादनमा प्यूठान प्रहरी प्रथम

    लगातार दोस्रो पटक कार्यसम्पादनमा प्यूठान प्रहरी प्रथम

    माण्डवी अनलाइन प्यूठान, असार १३ – जिल्ला प्रहरी कार्यालय प्यूठानले नेपाल प्रहरी प्रधान कार्यालयबाट हुने मासिक कार्यसम्पादन मूल्याङ्कनमा लगातार दोस्रो पटक प्रथम स्थान हासिल गरेको छ।

    नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी कामकारबाही, अपराध अनुसन्धान, शान्ति सुरक्षा, कानुन कार्यान्वयन तथा समग्र प्रहरी कार्यसम्पादनका आधारमा गर्ने मासिक मूल्याङ्कन अनुसार जेठ महिनाको कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय प्यूठान २५ वटा पहाडी जिल्ला प्रहरी कार्यालयमध्ये पहिलो स्थानमा पर्न सफल भएको हो।

    यसअघि वैशाख महिनाको कार्यसम्पादन मूल्याङ्कनमा पनि प्यूठान प्रहरी प्रथम भएको थियो। कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षकको नेतृत्वमा कार्यसम्पादनलाई प्रभावकारी बनाउँदै आएको जिल्ला प्रहरी कार्यालय प्यूठानले लगातार दोस्रो महिनासमेत उत्कृष्ट नतिजा कायम राख्न सफल भएको जनाएको छ।

    नेपाल प्रहरी प्रधान कार्यालयले प्रत्येक महिना प्रहरी संगठनको कार्यक्षमता, अपराध अनुसन्धान, शान्ति सुरक्षाको अवस्था, कानुन कार्यान्वयन तथा समग्र सेवा प्रवाहलगायतका सूचकका आधारमा जिल्ला प्रहरी कार्यालयहरूको मूल्याङ्कन गर्दै आएको छ। सोही मूल्याङ्कनमा प्यूठान प्रहरीले लगातार पहिलो स्थान हासिल गर्नु जिल्लाको सुरक्षा व्यवस्थापन र प्रहरी सेवाको प्रभावकारिताको सूचकका रूपमा हेरिएको छ।

    लगातार दोस्रो पटक प्रथम स्थान हासिल गरेसँगै जिल्ला प्रहरी कार्यालय प्यूठानले आगामी दिनमा पनि नागरिकमैत्री, प्रभावकारी र परिणाममुखी प्रहरी सेवा प्रदान गर्ने प्रतिबद्धतासहित कार्यसम्पादनलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।



    mandavionline mandavionline    
  • १३ असार २०८३ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP