शम्सेरबिक्रम जिसी (प्यूठान)
मदन भण्डारी राजमार्ग अन्र्तगत प्यूठान खण्डमा अहिले झिमरुक गाउँपालिकाको वडा नं १ सौतामारेफेदीदेखी वडा नं ४ बाङ्गेफेदी सम्म सडक बिस्तारको काम गरिरहेको छ । दैनिक ८ घण्टा सडक बन्द गरेर सडक बिस्तारको काम भैरहेको छ । लामो समय बन्द जस्तै भएको प्यूठान खण्डको काम केहिदिन देखी सुरु भएको छ । तर कामको गती निकै सुस्त गतिमा छ । एक दुइ वटा मात्रै मेसिन लगाएर सडक बिस्तारको काम भैरहेको छ । जसले सडक निर्माणको काम समयमै सम्पन्न नहुने पक्का जस्तै छ ।
२०८२ साउन ५ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी काम सुरु भएपनि हालसम्म २२ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । अहिलेकै अवस्थामा सडक निर्माणको का काम भए यो सडकखण्डको काम सम्पन्न हुन अझै ८ बर्ष लाग्ने देखिन्छ ।
१ अर्ब ४५ करोडको लागत सम्झौता भएको योजनाको हाल सम्म २२ प्रतिशत काम सम्पन्न भएको छ । ३१.८ किलोमिटरको यो सडक प्यूठानमा १५ किलोमिटर पर्दछ । मदन भण्डारी राजमार्ग निर्देशनालयसङ्ग श्रेष्ठ÷सक्षम जेभीले २०७९ कात्तिक ६ गते सम्झौता गरेर काम अघि बढाएको थियो ।
आयोजनालाइ तिब्रता दिन पटक पटक कार्यालय र ठकेदार कम्पनीसङ्ग समन्वय गरे पनि कामले गति लिन नसकेको झिमरुक गाउपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले ताए । मच्छीबाट काम शुरु गर्दा प्रगती पनि राम्रो देखिने, निर्माण सामाग्री पुर्याउन पनि सजिलो हुने सुझाव राखेपनी त्यो अनुसारको काम भएको छैन् । ‘बिभिन्न बाहाना बनाएर ठेकेदारले नकै सुस्त काम गरेको छ,’उनले भने,‘अहिलेकै अवस्थामा सडक निर्माणको काम भए यो आयोजना सम्पन्न हुन बर्षाैलाग्ने देखिन्छ ।’
हिउदोको समयमा धुलो धेरै भएर र वर्षातको समयमा हिलो, पहिरोले हिडडुल गर्नै समस्या परेको मदाने गाउपालिकामा अध्यक्ष महेन्द्र बहादुर कुवर बताउछन् । गुल्मी क्षेत्रमा केहि ठाउँमा सडक चौडा पार्ने, साघुरो स्थानमा जाली लगाउने काम भैरहेको छ । तर न्यून कामदार र कम उपकरण छन् । यसरी कहिलेसम्म काम सकिने हो उनले प्रश्न गरे । ‘आयोजनाको काम निकै सुस्त गतिमा भैरहेको छ,’उनले भने,‘यसलाइ छिटो सक्न पटक पटक ठेकेदारलाई आग्रह गरिरहेका छौ ।’ पटक–पटक ताकेता गर्दा पनि वर्क सेडुल अनुसार काम नभएको आयोजना कार्यालयका इन्जिनियर दिपक बि.क.को भनाइ छ । कामलाइ गति दिन तीन पटक पत्र नै लेखेको जानकारी उनले जानकारी दिए । हालसम्म २२ प्रतिशत कार्य प्रगती भएको छ । अहिलेसम्म निर्माण ब्यवसायीलाइ कार्यालयले २५ करोड रुपैया भुत्तानी लगिसकेको छ ।
समयमा भुत्तानी नभएको र नदिजन्य समाग्रीको अभावले निर्माण कार्यमा ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधि दिपेन्द्र कुमार ठाकुरले बताए । सबै पक्षले सहयोग गर्दा पनि ठेकेदारले कुनै समन्वय नगरेकोले काममा ढिलाइ भएकोले काममा स्पिड बढाउनुपर्ने झिमरुक गाउपालिका–४ का वडा अध्यक्ष सिताराम पोख्रेल बताउछन् । नदिजन्य सामाग्रीको अभाव छैन्, । काम गर्ने जनशक्ति नराख्ने, १÷२ वटा मेसिन र टिप्पर राखेर अर्बको आयोजना सम्पन्न गर्न खोज्नु नै गलत भएको उनको बुझाइ छ । ‘अधुरो कामले गर्दा जनताले दुख पाएको निर्माण ब्यवसायीलाई कुर्न वास्ता छैन्,’उनले भने,‘गाली हामी जनप्रतिनिधीले खानु परेको छ ।’
प्रतिक्रिया