logo

  • ३० बैशाख २०८३, बुधबार | Wed, 13 May 2026

  •      Listen Radio Live

    प्यूठान जिल्ला स्तरिय महिला भलिवलको उपाधी गौमुखी गाउँपालिकालाइ

    प्यूठान जिल्ला स्तरिय महिला भलिवलको उपाधी गौमुखी गाउँपालिकालाइ

    प्यूठानमा भएको प्रथम जिल्ला स्तरिय महिला भलिवल प्रतियोगिताको उपाधी गौमुखी गाउँपालिकाले जितेको छ ।

    सामाजिक बिकास डिभिजन कार्यालय प्यूठानको आयोजनामा भएको सहिद कल्पना गिरि स्मृति प्रथम जिल्ला स्तरिय महिला भलिवलमा सरूमारानी गाउँपालिकालाइ पराजित गर्दै गौमुखि गाउँपालिकाले उपाधी जितेको हो ।

    पहिलो सेट २०-२५ ले गुमाएको गौमुखीले दोश्रो २५-१७ र तेस्रो २५-१४ ले जित्दै उपाधि हात पारेको हो । प्रथम भएको गौमुखीले २५,००० नगद सहित प्रमाणपत्र हात पार्यो ।

    यस्तै दोश्रो भएको सरूमारानीले २०,००० हजार सहित प्रमाणपत्र र तेस्रो भएको नौबहिनी गाउँपालिकाले १५ हजार पुरस्कार प्राप्त गर्यो । २ नगरपालिका र ७ गाउँपालिकाका ९ टिमको सहभागीता रहेको प्रतियोगितामा सान्तवना भएको स्वर्गद्वारि नगरपालिका टिमले ५ हजार पुरस्कार प्राप्त गरेको छ ।



    mandavionline mandavionline    
  • २२ बैशाख २०८३ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP