०६ साउन २०८३ ।
गौमुखी गाउँपालिका क्षेत्रमा बिद्युत अनियमित हुने गरेको भन्दै नेपालि काग्रेस गौमुखी गाउँपालिका कार्यसमितिले नेपाल बिद्युत प्राधिकरण प्यूठान बितरण केन्द्रको ध्यानाकर्षण गराएको छ ।
गौमुखि गाउँपालिकामा लामो समयदेखी बिद्युतमा समस्या रहेको र नागरिले समस्या भोग्नुपरेको भन्दै त्यसको समाधान गर्न प्राधिकरणको ध्यानाकर्षण गराएको हो । पालिका सभापति मधुराम केसिसहितले कार्यालयमै पुगेर प्राधिकरणको ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएको हो।
साँझको समयमा अघोषित लोडसेडिङ हुने गरेको, बिद्युतका तारले छोएका रूखहरू काटछाट नगर्दा दुर्घटनाको जोखिम रहेको, बिद्युत भोल्टेजमा समस्या हुदा उपकरणमा हानी पुग्ने गरेको भन्दै तत्काल उक्त समस्या समाधान गर्न प्राधिकरणको ध्यानाकर्षण गराईएको सभापति मधुराम केसिले बताउनुभयो ।
समस्या समाधानका लागी प्राविधिक अध्ययन, मर्मत र नियमित अनुगमन गर्न आग्रह समेत गरेको छ ।
प्रतिक्रिया