गौमुखी गाउँपालिकामा कार्यरत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूका लागि रिफ्रेस तालिम सम्पन्न भएको छ।
वैशाख १४ गतेदेखि सुरु भएको तालिमको आज एक कार्यक्रमका बीच समापन गरिएको हो।
समापन कार्यक्रममा बोल्दै गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो। गाउँपालिकालाई शून्य होम डेलिभरी गराउन तथा समुदायमा रहेका स्वास्थ्य समस्या पहिचानमा पनि महिला सामुदायिक स्वयंसेविकाको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो।
यस्तै स्वास्थ्य कार्यालय प्युठानका प्रमुख नरेशबाबु श्रेष्ठले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकाले नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएको बताउनुभयो। ४ दिनसम्म चलेको रिफ्रेस तालिममा गाउँपालिका भित्रका ३८ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो।
स्वास्थ्य कार्यालय प्युठानको आयोजना तथा गौमुखी गाउँपालिकाको समन्वयमा रिफ्रेस तालिमको आयोजना गरिएको थियो।
प्रतिक्रिया