logo

  • ३० बैशाख २०८२, मंगलवार | Tue, 13 May 2025

  •      Listen Radio Live

    आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्वन्धी अन्तरकृया कार्यक्रम सम्पन्न

    आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्वन्धी अन्तरकृया कार्यक्रम सम्पन्न

    जिल्ला प्रशासन कार्यालय प्यूठानको आयोजनामा आज खलंगामा आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्वन्धी अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समितीको शभाहलमा भएको कार्यक्रममा बोल्दै लुम्वीनी प्रदेश शभा सदश्य निमा गिरीले आत्महत्या न्यूनिकरणका लागी तिनै तहका सरकारले योजनानै बनाएर अघि बढ्नुपर्ने तर्क राख्नुभयो । तिनै तहका सरकारले बनाउने निती तथा कार्यक्रममा आत्महत्या न्यूनिकरण गर्ने बिषय समाबेश गरेर बस्ती स्तरसम्मै पुगेर सचेतनामुलक कार्यक्रम गर्न आबश्यक रहेको उहाको भनाइ थियो । प्रदेश सरकारले आगामी दिनमा कार्यक्रम छनोट गर्दा यस्ता जनचेतनामुलक र सचेतीकरणका कार्यक्रमलाई प्राथमिकता दिने बताउदै उहाले त्यसमा स्थानिय तहहरुले पनि सहकार्य गर्नुपर्ने बताउनु भयो ।
    यस्तै जिल्ला समन्वय समिती प्यूठानका प्रमुख धरम बहादुर जि.सीले आत्महत्या न्यूनिकरण गर्न सबैले आ आफ्नो क्षेत्रबाट कामगर्न आबश्यक रहेको र सबैले आ आफ्नो क्षेत्रबाट जिम्बेबारी निर्वाह गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले आत्महत्या प्यूठानको प्रमुख समस्या रहेको र यसका लागी हातेमालो गरेर अघि बढ्न सकिने बताए । प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुबेदीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्थानिय तहका जनप्रतिनिधी तथा कर्मचारी, प्रहरी लगाएतको उपस्थिती रहेको थियो । साथै अन्तरकृया कार्यक्रममा जिल्लामा आत्महत्या न्यूनिकरण गर्न सबै स्थानिय तहमा मनोसामाजिक परामर्शकर्ता राख्ने, बिद्यालय तथा समुदाय स्तरमा सचेतना फैलाउने लगाएतका कार्यक्रम सञ्चलन गर्ने सहमती भएको छ ।



    mandavionline mandavionline    
  • ८ मंसिर २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP