रविन विश्वकर्मा,प्युठान । गौमुखि गाउँपालिकाले चैत्र, बैशाख र जेठ तीन महिना माछा मार्न रोक लगाएको छ । गाउँपालिकाले एक सुचना जारी गदै चैत्र, बैशाख र जेठ महिनामा माछाको प्रजनन गर्ने समय भएकोले सो समयमा कुनै पनि विधिबाट माछा मार्न प्रतिबन्ध गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुल्सिराम पौडेलले जानकारी दिनुभयो । गाउँपालिका भित्रका झिमरुक खोला लगायतका विभिन्न खोलामा जाल थाप्ने, बिभिन्न विद्युतिय तार (करेन्ट), विष्फोटक पदार्थ वा विषालु पदार्थको प्रयोग गरी माछा मार्ने कार्य भैइरहेको बताउनुभयो । यस्ता कार्यले जलचरहरुको प्रजनन्, बासस्थान र जलिय जैविक विविधतामा समेत प्रतिकुल असर पर्ने हुँदा यस्ता कार्य नगर्न, नगराउनु सबैमा जारी सुचना मार्फत आग्रह गरिएको छ ।
सूचनाको वेवास्था गरी हुने गाउँपालिका क्षेत्र भित्रको कुनै पनि खोलाहरुमा माछाहरुको प्रजनन्, जलचर र जलिय जैविक विविधतामा प्रतिकुल असर पर्ने क्रियाकलाप भए/गरेको पाइएमा त्यस्ता कार्यमा संलग्न हुने जुनसुकै व्यक्तिहरुलाई जलचर संरक्षण ऐन २०१७ बमोजिम ६ महिना सम्म कैद वा ५ हजार रुपैया सम्म जरिवाना वा दुवै सजाय हुने गरि कानुनी कार्वाही गरिने प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताउनुभयो ।
प्रतिक्रिया