प्युठान। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा सोमवार प्युठान आउँदै हुनुहुन्छ ।
नेपाली काँग्रेस पार्टीले प्युठान नगरपालिका वडा ३ स्थित बाल मन्दिर शिवालयमा आयोजना गर्न लागेको आमसभालाई महामन्त्री थापाले सम्बोधन गर्ने कार्यक्रम तय भएको कांग्रेस प्युठानका सभापति बिष्णुकुमार गिरीले जानकारी दिनुभएको छ।
देशको राजनीतिक अबस्था र काङ्ग्रेसको भाबि योजनाबारे कार्यकर्तालाई जानकारी गराउन काङ्ग्रेस महामन्त्री थापालाई कार्यक्रममा आमन्तण गरिएको काँग्रेस प्युठानका सभापति गिरिले जानकारी दिनुभएको छ ।
सोमबार अपरान्ह १२ बजे सुरुहुने बृहत कार्यक्रमको सबै तयारी पुरा भएको पार्टी सभापति गिरिले माण्डवी अनलाईनलाई बताउनुभएको छ। काँग्रेस महामन्त्री थापा प्रमुख अतिथी हुने सोमबारको कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्दराज पोख्रेल, उमेशजङ्ग रायमाझी, राधा घले लगायतका नेताहरु हुनुहुन्छ ।
उहाँहरु सल्यान हुँदै फागुन ११ गते रोल्पामा भएको आमसभालाई सम्बोधन गरेर प्यूठान आउन लाग्नुभएको हो ।
साथै सभापति गिरीले जानकारी गराउनुभए अनुसार कार्यक्रममा पार्टीका क्षेत्रीय, वडा, पालिका, प्रदेशसभा र जिल्ला कार्यसमितिका सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।
प्रतिक्रिया