रविन विश्वकर्मा,प्यूठान । सिटिजन लाइफ इन्स्योरेन्सको सातौं वार्षिकोत्सबको अवसरमा प्यूठानमा रक्तदान कार्यक्रम गरिएको छ । सिटिजन लाइफ इन्स्योरेन्स जिल्ला शाखा प्युठानको आयोजनामा शुक्रबार नेपाल रेडक्रस सोसाइटी बिजुवार उपशाखा बिजुवारमा गरिएको रक्तदान कार्यक्रममा ११ जनाले रक्तदान गरेको नेपाल स्वयंसेवी रक्तदाता समाजका सदस्य जीवन खनालले जानकारी दिनुभयो ।
सिटिजन लाइफ इन्स्योरेन्स जिल्ला शाखा, बिजुवारका प्रमुख दिनेश कार्की,एजेन्सी म्यानेजर गंगा गिरी, बिमा अभिकर्ता लगायतले रक्तदान गरेको खनालले बताउनुभयो । बिरामिहरुलाई आवश्यक पर्ने रगतलाई मध्येनजर गदै सामाजिक तथा मानवीय सेवाभावका साथ वार्षिकोत्सबको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको शाखा प्रमुख दिनेश कार्कीले बताउनुभयो ।
प्रतिक्रिया