भिमकला कुँवर प्युठान ।
जिल्ला प्रशासन कार्यालय प्युठानले खलंगा बजार अनुगमन गरेको छ । सोमबार जिल्ला प्रशाशन कार्यालय प्यूठान र घरेलु तथा साना उद्योग बिकास कार्यालयले खलंगामा गरेको बजार अनुगमनका क्रममा ५२ हजार ८ सय ६७ रुपैंया बराबरको सामाग्री बरामद गरिएको हो ।
खलंगा बजार क्षेत्रका बिभिन्न किराना पसल, कपडा , इलेक्ट्रोनिक पसल लगायत अन्य पसहरुमा अनुगमन गएिको हो । जिल्ला प्रशासन प्रशासकिय अधिकृत जालन्धर भुषालले पसहरुमा मुल्य सुचि अद्यावधिक गर्न, सिल तथा गोदामको सरसफाइमा ध्यान दिन, खाद्य तथा गैर खाद्य बस्तुलाई छुट्टाछुट्टै राखि बिक्रि गर्न पसलहरुलाई निर्देशन दिनुभएको छ ।
पसलहरुका ब्यवसायीलाइ सचेत बनाइएको र सामान बरामद गरि नष्ट गरिएको र पुन्ह अनुगमन गर्दा म्याद गुज्रीएका सामान बेचेको पाइए कानुन अनुसारको कारबाही गरिने समेत बताउनु भयो । साथै कुनै सामान तोकिएको मुल्य भन्दा बढि मुल्यमा कसैले बिक्रि वितरण गरेको पाइएमा प्रशासन तथा सम्बन्धित निकायमा जानकारी गराउन उपभोक्तालाई आग्रह
गर्नुभएको छ ।
अनुगमन समितीले पेय पदार्थ कोक, चिजबल, कुरकुरे, बिष्कुट,हर्लेक्स,फ्रूटी बरामद गरि नष्ट गरिएको प्रशासकिय अधिकृत भुषालले बताउनु भयो ।
प्रतिक्रिया