रविन विश्वकर्मा, प्युठान । प्युठानमा ३ सय ९० केजी अखाद्य मह नष्ट गरिएको छ । सप्तरी राजविराज नगरपालिका बडा नं ४ बस्ने मिथुन धामी सहित ५ जनाले जिल्लामा बिक्रि वितरणको लागि ल्याउदै गरेको मह जस्तो देखिने पदार्थ बरामद गरि सोमबार नष्ट गरिएको हो । जिल्लाका मुख्य सहर तथा ग्रामिण स्तरमा मह भनी बिक्रि वितरणका लागि धामी सहित ५ जनाले लिएको पदार्थ परिक्षण गर्दा गुणस्तहीन पाइएकाले नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय प्यूठानका प्रमुख मनि गुरुङ्गले जानकारी दिनुभयो ।
गत साउन ८ गते सरुमारानी गाउँपालिका वडा नंम्बर २ दर्भान प्यूठान भालुवाङ सडक खण्डमा प्रहरी चौकी ढुंगेगढीबाट खटिएको प्रहरीले नियमित चेकजाँचको क्रममा भालुबाङ देखि प्यूठान तर्फ आउदै गरेको ना ४ ख ४७०५ नम्बरको बसमा उनीहरुको साथबाट ३ सय ९१ किलो ग्राम मह जस्तो देखिने पदार्थ फेला पारेको थियो । ओसारपसार ईजाजत नलिइ लेबलिङ÷प्याकेजिङ केही नभएको अवस्थामा प्रहरीले स्थानीय जनप्रतिनिधिको रोहवरमा बरामद गरी नमुना परिक्षणको लागि घरेलु कार्यालयमा पठाएको थियो ।
नमुना परिक्षणको लागि गत साउन ९ गते १ केजी पदार्थ खाद्य प्रविधि तथा गुण निययन्त्रण कार्यालय, नेपालगञ्ज पठाइएको र मंसिर ५ गते कार्यालयबाट अस्वभाविक गन्ध रहि जलाशंको मात्रा नेपाल सरकारले महको लागि तोकेको गुणस्तर अनुसार नभएको पुष्टि गरेपछि आज नष्ट गरिएको कार्यालय प्रमुख गुरुङ्गले बताउनुभयो । प्रहरी, उद्योग बाणिज्य संघका प्रतिनिधि, उद्योगी व्यवसायी, पत्रकार एवंम कार्यालयका कर्मचारीको रोहवरमा नष्ट गरिएको बताउनुभयो । उनीहरुबाट ३ लाख ९० हजार रुपैंया बराबरको अखाद्य मह नष्ट गुरुङ्गले जानकारी दिनुभयो । उनीहरुले असली माहुरीको मह भन्दै जिल्लामा प्रति केजी १ हजार रुपैंयामा बेच्ने गरेको पाइएको बताउनुभयो । बरामद गरिएको महमा उपभोक्ताहरुलाई विश्वास दिलाउन कृतिम मौरीका चाका सहित माहुरी समेत राखेको उहाँले बताउनुभयो ।
ब्यापारीहरुबाट सजिलै उपभोक्ताहरु ठगिन सक्ने भन्दै कुनै पनि सामान खरिद बिक्रि गर्दा बस्तुको लेबलिङरप्याकेजिङ उल्लेख भए नभएको, उपभोग्य मिति, मुल्य सुची हेरेर मात्रै सामान कार्यालय प्रमुख गुरुङ्गले आग्रह गर्नुभयो ।
प्रतिक्रिया