शम्सेरबिक्रम जि.सी
स्वर्गद्धारी नगरपालिका वडा नं ३ को रुमाले डाडाखर्कमा होमस्टे (घरबास) सञ्चालनमा आएको छ । स्थानिय महिला समुह स्वर्गद्धारी लालीगुरास महिला सामुदायीक होम स्टे सञ्चालनमा आएको हो । होमस्टेको आज एक कार्यक्रमका बिच स्वर्गद्धारी नगरपालिकाका प्रमुख टेक प्रसाद भण्डारीले उद्घाटन गर्नुभयो ।
उद्घाट कार्यक्रममा बोल्दै नगरप्रमुख भण्डारीले महिला दिदिबहिनीलाइ आयआर्जनमा जोड्दै पर्यटन प्रवद्धन गर्ने उदेश्यले घरबास कार्यक्रम होम स्टे सञ्चालनमा आएको बताउनु भयो । स्थानिय २५ घरलाइ समेटी घरबास कार्यक्रम सञ्चालनमा आएको हो । स्वर्गद्धारी नगरपालिकाको आयोजना तथा फूलवारी एकीकृत ग्रामिण बिकास संस्था नेपालको प्राविधिक सहयोगमा होमस्टे सञ्चालनमा आएको हो ।
होमस्टे उद्घाटन कार्यक्रममा स्वर्गद्धारी नगरपालिकाका उपप्रमुख मिनराज रानाले होमस्टे सञ्चालनले स्थानिय आयआर्जनसंगै महिला शसक्तिकरणमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो । स्वर्गद्धारी पहिलो पटक धनवांगमा होमस्टे सञ्चालनमा आएको बताउदै स्थानिय उत्पादनको महत्वलाइ उजागर गर्न आबश्यक रहेको बताउनु भयो । स्थानिय परिकार, स्थानिय संस्कृती, लगाएतको प्रचारप्रसारले आर्थिकोपार्जनमा टेवा पुग्ने बताउनु भयो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिमल रिजालको स्वागत मन्तब्यसंगै सुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले होमस्टे सञ्चालनमा आएसंगै आय आर्जनमा टेवा पुग्ने बताएका छन् ।
प्रतिक्रिया