logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    किशोरीहरुको रक्त अल्पता परीक्षण कार्यक्रमको जिल्ला स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न

    किशोरीहरुको रक्त अल्पता परीक्षण कार्यक्रमको जिल्ला स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न

    प्यूठान । स्वास्थ्य कार्यालय प्यूठानले सामुदायिक विद्यालयका किशोरीहरुको रक्त अल्पता परीक्षण कार्यक्रमको जिल्ला स्तरीय योजना तर्जुमा गोष्ठी आज विजुवारमा सम्पन्न गरेको छ । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख मधुसुदन खडकाको अध्यक्षतामा आयोजित गोष्ठीमा जिल्ला समन्वय समितिका प्रमुख धरमबहादुर जिशीको प्रमुख आतिथ्यता रहेको थियो । प्यूठान अस्पतालको निमित्त मेडिकल सुपरिटेण्डेण्ट, प्यूठानका पालिका स्तरीय स्वास्थ्य र शिक्षा शाखाका प्रमुखहरुको सहभागिता रहेको गोष्ठीमा कार्यक्रम सम्वन्धी अभिमुखीकरण समेत गरिएकोे छ ।

    गोष्ठीमा जनस्वास्थ्य निरीक्षक राजुकुमार खडकाले कार्यक्रम सम्वन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । आगामी मंसिर दोश्रो साताबाट विद्यालय अध्ययनरत किशोरीहरुको रक्त अल्पता परीक्षण शुरु गरिने जानकारी स्वास्थ्य कार्यालयका सूचना अधिकारी कौशलराज बैधले जानकारी दिनुभयो। अघिल्लो वर्ष गरीएको नमुना सर्वेक्षणमा झण्डै २९ प्रतिशत किशोरीहरुमा रक्तअल्पता रहेको बताइएको छ ।



    mandavionline mandavionline    
  • ११ कार्तिक २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP