मल्लरानी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८३/०८४ का लागी बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले आगामी आ.व. २०८३/०८४ का लागी ४१ करोड ३९ लाख ९ हजार ७०९ रुपैया बराबरको बजेट प्रस्तुत गर्नुभयो ।
पाचवटा वडालाई २७ लाखका दरले बजेट प्रदान गरेको गाउँपालिकाले मिसन रोजगारी अभियान अन्र्तगत दिगो रोजगारी र उद्यमशिलता प्रवद्धन अभियान संचालन गर्न कृषक अनुदान प्रोत्साहन कार्यक्रममा ९ लाख ७० हजार रुपैया बजेट बिनियोजन गरेको छ ।
यस्तै गाउँपालिकाले करार कर्मचारी, शिक्षक, बिद्यालय कर्मचारी र बिद्यालय सहयोगीको तलव १० प्रतिशतले बृद्धि गरेको छ ।
प्रतिक्रिया