रविन विश्वकर्मा,प्युठान । प्युठान नगरपालिका वडा नंम्बर ८ स्थित जनता मा.वि.बाग्दुलामा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ । जिल्ला प्रशासन कार्यालय प्युठानको आयोजना तथा जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्यमा विद्यालयमा आज कार्यक्रम सम्पन्न गरिएको हो । विद्यालय शिक्षा मार्फत विद्यार्थीहरूलाई लागु औषध सम्बन्धी जानकारी गराई आफू, आफ्नो घरपरिवार, छरछिमेक तथा समाजलाई सुरक्षित राख्दै लागुऔषध नियन्त्रण गर्न सहयोग पुगोस् भन्ने उदेश्यले जिल्लामा लागुऔषध नियन्त्रण सम्बन्धी विद्यालय शिक्षा सचेतनामूलक कार्यक्रमलाई जोड दिएको प्रमुख जिल्ला अधिकारी रमा आचार्य (सुवेदी)ले बताउनुभयो । जिल्लामा लागु पदार्थ दुव्र्यसनीका घटनाहरू कम मात्रामा देखिए पनी मदिरा अलि समस्याको रूपमा रहेको भए पनि मदिरा, लागु औषध नियन्त्रण, लैंङ्गिक हिंसा लगायतका विषयमा जिल्लाका स्थानीयतहहरु सँग समन्वय तथा सहकार्य गरी जिल्लाका विभिन्न स्थानहरूमा सचेतना मूलक कार्यक्रमलाई अगाडी बढाउने बताउनुभयो ।
पछिल्लो समयमा लागु पर्दाथ दुव्र्यसनीको प्रयोग बढिरहेको अवस्थामा यसबाट बच्न आम नागरिकलाई सचेतना फैलाउन आवश्यक रहेको समेत प्रजिअ आचार्यको भनाई छ । अरु भन्दा विद्यालय शिक्षा मार्फत विद्यार्थीहरूलाई यस्ता बिषयमा जानकारी गराउँदा कार्यक्रम बढि प्रभावकारी हुने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक निरञ्जन रिजालले लागुऔषधको परिचय, प्रकार, यसले व्यक्ति, समाज र राष्ट्रमा समेत पार्ने असर, प्युठान जिल्लामा यसको प्रभाव लगायतका विषयमा जानकारी गराउदै यसको प्रयोगबाट बच्ने उपाय, लागुऔषध दुव्र्यसनी रोकथामको लागि शिक्षक विद्यार्थी र समुदायको भुमिका, लागुऔषध सम्बन्धी कानुनी प्रावधानको विषयमा सेमत जानकारी गराउनु भएको थियो । साथै प्रहरी निरीक्षक रिजालले कार्यक्रममा लागु औषध लगायतका अन्य महत्वपुर्ण विषयमा उठेका प्रश्न तथा जिज्ञाशाहरुको जवाफ समेत दिनुभएको थियो ।
कार्यक्रमको समापन गदै जनता मा.वि बाग्दुलाका प्रधानाध्यापक इन्द्रमणी पोख्रेलले मधिरा, लागुऔषध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रममा बस्ती तथा वडास्तरमा लैजानुपर्ने बताउनुभयो । पछिल्लो समय समाजमा घटेका अधिकाशं घटनाहरु मधिरा तथा लागुऔषध सेवनका कारण बढ्दै गएकाले यसको नियमन र नियन्त्रणमा कडा गर्न जरुरी रहेको बताउनुभयो । प्र.अ पोख्रेलले विद्यालय उमेर समुहका बालबालिका समेत सानै उमेर देखि धुम्रपान, मध्यपान तथा लागुऔषधको कुलतमा फस्ने गरेको उल्लेख गदै आफ्नो बालबालिकाको रेखदेखमा अभिभावकले बिषेश चासो राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय प्युठानका प्रशासकिय अधिकृत जालन्धर भुसाल, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया