logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    समाजसेवी कुवरद्धारा गौमुखिका बिपन्न परिवारलाई न्यानो कपडा बितरण

    समाजसेवी कुवरद्धारा गौमुखिका बिपन्न परिवारलाई न्यानो कपडा बितरण

    रविन विश्वकर्मा,प्युठान । गौमुखि गाउपालिकाका ४४ जना ब्यक्तिलाई न्यानो कपडा बितरण गरिएको छ । गौमुखी गाउँपालिका ७ नारीकोटमा जन्मिनु भएका समाजसेवी सन्तोष कुवरको पहलमा वडा नंम्बर ४, ५ ,६ र ७ नंम्बर वडाका गरीब, असहाय, वृद्धवृद्धा, एकल महिला, बिपन्न लगायतलाइ शिरक बितरण गरिएको हो । कुवरल रोटरि क्लव काठमाण्डौं कलंकिको समन्वयमा व्यक्तिगत लगानीमा शिरक बितरण गर्नुभएको हो ।

    १ लाख लगानीमा गौमुखि गाउँपालिका ८० जनालाई न्यानो कपडा बितरण गर्ने लक्ष्य रहेकोमा हालसम्म ४४ जना ब्यक्तिलाई शिरक बितरण गरिसकेको उहाँले जानकारी दिनुभयो । न्यानो कपडा दिने अभियान अन्तरर्गत गौमुखि गाउपालिका वडा नंम्बर ४ मा १० जना, वडा नंम्बर ५ मा १२, वडा नंम्बर ६ मा १० र वडा नं ७ मा १२ जनालाई बितरण गरिएको बताउनुभयो । बाँकी वडा नंम्बर १, २ र ३ मा केहि दिमा बितरण गर्ने कुवरले बताउनुभयो ।

    कठ्याङग्रिदो जाडो संगै न्यानो कपडाको अभावमा कष्टकर जीवन बिताउन बाध्य रहेका बिपन्न परिवारलाई लक्षित गदै केहि राहत पु¥याउने उद्देश्यका साथ आफ्नो ब्यक्तिगत खर्च कटाएर कपडा वितरण गदै आएको बताउनुभयो । चिसोबढे संगै गाउँमै पुगेर न्यानो कपडा वितरण गरेपछि स्थानिय तथा बिपन्न परिबार खुसी भएका छन् ।



    mandavionline mandavionline    
  • ३ पुष २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP