logo

  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025

  •      Listen Radio Live

    प्युठानमा १३ हजार ३५ जना किशोरीले एच.पि.भी खोप लगाए

    प्युठानमा १३ हजार ३५ जना किशोरीले एच.पि.भी खोप लगाए

    प्युठान । प्युठानमा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप ९४.९ प्रतिशलले लगाएका छन् । माघ २२ देखि सुरु भएको अभियानमा २९ गतेसम १३ हजार ३५ जना अर्थात ९४.९ प्रतिशतले खोप लगाएको स्वास्थ्य कार्यालय प्यूठानजना किशोरीजनाएको छ ।
    जिल्लाका १३ हजार ७ सय ४० जना किशोरीलाइ खोप लगाउने लक्ष्य रहेकोमा मङ्गलबारसम्म गौमुखीमा १ हजार ४ सय ३१ जना, नौबहिनी गाउँपालिकामा १ हजार ८ सय ७९, झिमरुक गाउँपालिकामा १ हजार ३ सय ४७, प्यूठान नगरपालिकामा २ हजार ४ सय ९ जना किशोरीले खोप लगाएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खड्काले जानकारी दिनुभयो ।

    यस्तै स्वर्गद्वारी नगरपालिकामा १ हजार ६ सय ९, माण्डवी गाउँपालिकामा १ हजार १ सय १०, मल्लरानी गाउँपालिकामा८ सय ८५, ऐरावती गाउँपालिकामा १ हजार ३३ र सरुमारानी गाउँपालिकामा १ हजार ३ सय ३२ जनाले खोप लगाएको बताउनुभयो । कक्षा ६ देखि १० सम्मअध्ययनरत छात्रा र विद्यालय नजाने १० देखि १४ वर्षका उमेर समूहका किशोरीहरुले यो खोप लगाईरहेका छन्। अभियान आगामी ६ गते सम्म सञ्चालन हुनेछ ।



    mandavionline mandavionline    
  • ३० माघ २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP