logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    सरुमारानीको सौराकोटमा नेपाल टेलिकमको सेवा सुचारु

    सरुमारानीको सौराकोटमा नेपाल टेलिकमको सेवा सुचारु

    सरुमारानी गाउँपालिकाको वडा नंं ५ सौराकोटमा नेपाल टेलिकमको २ जी र पोर जी सेवा सुचारु भएको छ । २०७६ सालबाट टावर निर्माणको काम सुरु भएकोमा निर्माण कार्य सम्पन्न भएसंगै सेवा सुचारु भएको हो । प्रतिनिधी शभा सदश्य सुर्य थापाले एक कार्यक्रमका बिच टेलिकम टावरको उद्घाटन गर्नुभएको सरुमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर बिश्वकर्माले जानकारी दिनुभयो । प्रमुख अतिथी थापाले सञ्चालनमा आएको टेलिकम टावर स्थानबाटै सुचना तथा सञ्चार मन्त्री पृथ्वी शुब्बा गुरुङलाइ सम्पर्क गरी टावरको उद्घाटन गर्नुभयो ।साथै प्युठानमा अलपत्र परेका टेलिकमका चार वटा टावरको काम अघि बढाउन ध्यानाकर्षण गराउनुभएको थियो । सांसद थापाले नेपाल टेलिकमले जनतालाई दिने सेवा सुलभ,गुणस्तरिय र प्रभावकारी हुनु पर्ने बताउनुभयो  ।

    फोरजी तथा टुजी दुबै सेवा सहित सौराकोटमा सञ्चालन गरिएको उक्त टावरले सरुमारानी सहित दाङको बंगलाचुली गाउंपालिका र अर्घाखाँचीको सितगंगा नगरपालिका क्षेत्रका उपभोक्ताहरु लाभान्वित भएको दूर सञ्चार कार्यालय प्युठानका कार्यालय प्रमुख निरन्जन श्रेष्ठले जानकारी दिनुभयो । ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर टेलिकमले काम गरिरहेको उहाले बताउनुभयो । २ जी र पोर जी सेवा सुचारु भएसंगै संञ्चारको पहुँचमा अव थप राहत मिल्ने सरुमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर बिश्वकर्माले बताउनुभयो ।



    mandavionline mandavionline    
  • १७ माघ २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP