logo

  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025

  •      Listen Radio Live

    प्यूठान नगरपालिका ६ माझकोटमा लैंगिक हिंसा र आत्महत्या विरुद्ध सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न

    प्यूठान नगरपालिका ६ माझकोटमा लैंगिक हिंसा र आत्महत्या विरुद्ध सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न

    “हामी सबैको प्रतिवद्धताःलैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता“ भन्ने राष्ट्रिय नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज प्यूठान नगरपालिका ८ माझकोटमा लैंगिक हिंसा र आत्महत्या विरुद्ध सचेतनामूलक अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। प्यूठान नगरपालिका नगरस्तरीय महिला सञ्जाल, इलाका प्रहरी कार्यालय विजुवार, मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र लगायतका सरोकारवाला निकायको साझेदारीमा आयोजित सचेतनामूलक अभिमुखीकरणमा प्रहरी निरीक्षक चुडामणि पुनले आत्महत्याको अवस्था तथा यसका न्यूनीकरणका लागि अपनउनुपर्ने सजगताको बारेमा सहजीकरण गर्नुभएको थियो ।
    त्यस्तै अभिमुखीकरणमा लैंगिक हिंसा र हिंसाले आत्महत्यामा पारेको प्रभाव विषयक सहजीकरण पत्रकार महासंघ प्यूठानका अध्यक्ष सञ्जय रिजालले गनुृभएको थियो । प्यूठान नगरपालिका महिला, बालबालिका तथा सामाजिक शाखा प्रमुख मञ्जु धितालले विषय प्रवेश गराउनुभएको सो सचेतनामूलक अभिमूखीकरणमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनधि, स्वास्थ्य चौकी प्रमुख, आमा समूह, महिला स्वयमसेविका, शिक्षक बालकालिका लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।
    कार्यवाहक वाडा अध्यक्ष इमानसिंह पुन मगरको अध्यक्षतामा अभिमुखीकरण सम्पन्न भएको हो ।



    mandavionline mandavionline    
  • १३ मंसिर २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP