logo

  • ३ असार २०८२, मंगलवार | Tue, 17 Jun 2025

  •      Listen Radio Live

    नदिजन्य पदार्थ आपुर्तीको सहज ब्यवस्था मिलाइदिन निर्माण ब्यवसायीको आग्रह

    नदिजन्य पदार्थ आपुर्तीको सहज ब्यवस्था मिलाइदिन निर्माण ब्यवसायीको आग्रह

    नदिजन्य पदार्थ उत्खननमा कानुनी अड्चनले रोक लगाएपछि त्यसको सहज आपुर्तीको ब्यवस्था मिलाइदिन निर्माण ब्यवसायीले माग गरेका छन् । विभिन्न कानुनी अड्चन देखाउँदा नदीजन्य पदार्थ आपुर्तीमा असहजता भएको भन्दै निर्माण ब्यवसायीले सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

    ब्यवसायीहरुले आज जिल्ला समन्वय समिति प्यूठान र जिल्ला प्रशासन कार्यालय प्यूठानलाइ सहज रुपमा राजश्व तिरेर नदिजन्य पदार्थ आपुर्तीको ब्यवस्था गरिदिन आर्गह गरेका हुन् । निर्माण ब्यवसायी संघ प्यूठानका अध्यक्ष नविन कुमार श्रेष्ठले वर्तमान समयमा निर्माणका कामहरु धमाधर भैरहेको र नियमानुसार राजश्व बुझाइ निर्माण सामाग्रि उठाउने क्रममा प्रहरी, प्रशासन र स्थानिय तहहरुले अनाबश्यक दुःख दिएको, निर्माण यन्त्रहरु नियन्त्रणमा लिइ जरीवाना गर्ने गरेको भन्दै यस्ता कार्य रोकेर सहज रुपमा निर्माण सामाग्रि आपुर्तीको वातावरण बनाउनु पर्ने बताए ।

    निर्माण सामाग्रिको सहज आपुर्ति नहुँदा निर्माण व्यवसायीहरु निर्माण कार्य पुरा गर्न असमर्थ रहेको उनको भनाइए थियो । राष्ट्रको पूर्वाधार विकासमा गतिशिलता ल्याउने कुरामा बाधा अड्चन सिर्जना नगरी सहज वातावरण बनाईदिन अनुरोध गरेको अध्यक्ष श्रेष्ठले बताए । सहज रुपमा सामाग्री उपलब्ध नभएको खण्डमा निर्माण कार्यहरु स्थागित गर्नुपर्ने बाध्यता आईलाग्ने उनको भनाइ छ ।

    नदीजन्य सामाग्रीहरु बालुवा, ढुङ्गा, गिट्टी, मिस्कट उठाउनका लागि मेसिनको प्रयोग अवैधानिक भएको भन्दै प्रहरीले त्यस्ता मेसिनलाइ नियन्त्रणमा लिने तथा स्थानिय तहहरुले जरिवाना गराउँदै आएका छन् ।



    mandavionline mandavionline    
  • १५ जेष्ठ २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP