logo
  • १२ बैशाख २०८२, शुक्रबार | Fri, 25 Apr 2025

  •      Listen Radio Live

    बाग्दुला–मच्छी सडक खण्ड बन्द हुने

    बाग्दुला–मच्छी सडक खण्ड बन्द हुने

    रविन विश्वकर्मा, प्यूठान । बाग्दुला–मच्छी सडक खण्ड केहि समयको लागि बन्द हुने भएको छ । बाग्दुला मच्छी सडक खण्डको विभिन्न स्थानहरुमा सडक मर्मत गनुपर्ने भएकाले सडक अवरुद्ध हुने सडक डिभिजन प्यूठानले जनाएको छ । साँघुरा सडक र मोडहरुको कारण बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गरी ठेक्का मार्फत मोड काट्ने तथा सडक चौडा गरी यातायातलाई सहज र सुरक्षित गर्ने उद्देश्य सहित मंसिर ५ देखि २८ गते सम्म सडक बन्द गरी निर्माण तथा सडक सुधारको कार्य गर्ने निर्णय भएको कार्यालयले जनाएको छ ।

    सडक विहान ५ बजे देखी ९ वजे सम्म, बिहान साढे ११ बजे देखि दिउँसो २ बजे सम्म र वेलुका साढे ४ बजे देखि अर्को दिन विहान ९ बजे सम्म बन्द हुने छ । त्यस्तै सडक विहान ९ बजे देखी साढे ११ बजे सम्म र दिउँसो २ बजे देखी बेलुका साढे ४ बजे सम्म मात्रै खुल्ने जारी सुचनामा उल्लेख छ । सडक खुल्ने समयलाई मध्येनजर गदै यात्रा गर्न सडक डिभिजन प्यूठानले आग्रह गरेको छ ।



    mandavionline mandavionline    
  • ५ मंसिर २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP