नेपाली कांग्रेस मल्लरानी गाउँपालिकाको दोश्रो सम्मेलन खलंगामा सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यक्रम अन्तर्गत संञ्चालन भएको १०० दिने अभियानको अबसरमा गाउँपालिकास्तरिय सम्मेलन आज सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश शहरि बिकास तथा खानेपानि मन्त्री सरोज थापा ९रोज राणा० ले सम्मेलनको उद्घाटन गदै जिल्लाको बिकासमा सबै मिलेर जानुपर्ने बताउनुभयो । जिल्ला बिकासको हिसाबले पछि परेको भन्दै बिकास र समृद्धिको लागि मिलेर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो । जिल्लाको विकासमा लागि परेको बताउदै प्रत्येक प्युठानीको सुख दुखमा सधैं साथमा रहने प्रतिवद्धता व्यक्तगर्नु भयो । मन्त्री थापाले अरु जस्तो मन्त्रीको कुर्सीमा बस्न मात्र नआएको वताउँदै ३१ वर्ष पछि कांग्रेसको तर्फबाट प्युठानबाट निर्वाचित भएपछि निर्वाचनको क्रममा घरदैलोमा पुग्दा गरेका बाचा र सुनेका समस्या समाधान गर्ने प्रतिवद्धता ब्यक्तगर्नु गर्नुभएको हो ।
प्युठान विकासमा पछाडि परेको गुनासो कार्यकर्ताको रहेको भन्दै यसैपटक बजेट बनाँउदा प्युठान यसरी पनि बजेट पर्दो रहेछ र यसरी पनि विकास हुँदो रहेछ भन्ने देखाउने बताउनुभयो । “यहि पालि, यसै पालि विकासको स्वाद प्युठानीले चाख्ने” उहाँले प्रतिवद्धता मन्त्री राणाले व्यक्त गर्नुभयो। । एक करोड, दुई करोड हैन अर्वको बजेट र विकास प्युठानमा अब गर्ने उहाँले दावी गर्नुभयो ।
नेपाली कांग्रेसले इतिहासमै पहिलोपटक पार्टीको नेतृत्व गर्दै लुम्बिनी प्रदेशको हामी कार्यकर्ताका लागि आवश्यक शहरी विकास तथा खानेपानी मन्त्री रोज राणा पाएको वताउँदै वक्ताहरूले तर पनि कांग्रेसका नेतृत्वकर्ताहरु आसनग्रहण, मान मर्यादा खोज्दै कार्यकर्ताबाट टाढा भाग्दै गरेको बताएका थिए ।
नेपाली कांग्रेसका पुर्व सभापति सुवास केसी, उपसभापति देवेन्द्र वर्मा, प्रदेश सांसद धनलक्ष्मी श्रेष्ठ, प्रदेश सदस्य साधना राउत, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरु लक्ष्मी श्रेष्ठ, खिमानसिंह रायमाझी, पुर्ण प्रसाद कालाथोकी, धरम जिसी, जिल्ला कार्य समित सदस्य विजय श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा विषय प्रस्तुत पार्टी जिल्ला सहसचिव तथा मल्लरानी पालिका संयोजक प्रमोद पोखरेलले गरेका थिए । उनले रुख चुनाव चिन्ह लिएर उठेका नेताहरूलाई हराउन विद्रोही हुन लगाउने देखि रुखमा मत नहाल्न फोन तथा भेटघाटमा व्यस्त रहने नेताहरूलाई सद्वुद्धि पलाओस भन्ने कामना गर्नुभएको थियो । जिल्ला समन्वय समितिको सभाहल खलंगामा पालिका सभापति रमेश कुमार श्रेष्ठको अध्यक्षता आयोजित कार्यक्रममा पालिकाका सबै वडाका सभापतिहरुले आ–आफ्नो वडाको यो अवधिको गतिविधिहरु, आगामी योजनाहरु तथा आवश्यकता तथा समस्याहरु प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया