माध्यमिक बिद्यालयका अंग्रेजी, विज्ञान र गणित विषयका शिक्षकसंग प्रध्यानाध्यापकले कार्यसम्पादन सम्झौता गर्ने भएका छन् । आज प्यूठान नगरपालिकामा भएको एसईई नतिजा सुधार बिषयक अन्र्तकृया कार्यक्रममा नगरपालिका भित्रका सबै माध्यमिक बिद्यालयका प्रध्यानाध्यापकहरुले आफ्ना अंग्रेजी, विज्ञान र गणित विषयका शिक्षकसंग अनिवार्य कार्यसम्पादन सम्झौता गर्ने प्रतिबद्धता गरेका छन् ।
गत एसईई मा प्यूठान जिल्लाको नतिजा खस्किएपछि त्यसको सुधारका लागी अहिले जिल्लाभर स्थानिय तह, माध्यमिक बिद्यालयका प्रध्यानाध्यापक, जनप्रतिनिधी सहित अन्र्तकृया कार्यक्रम भैरहेको छ । आज प्यूठान नगरपालिकामा भएको अन्र्तकृया कार्यक्रममा प्रधानाध्यापकले आफ्ना अंग्रेजी, विज्ञान र गणित विषय शिक्षकसंग कार्यसम्पादन सम्झौता अनिवार्य गर्ने, नगरपालिकाले विद्यालयको नियमित अनुगमन गरी पृष्ठपोषण दिने लगाएत बिषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुबेदीले जानकारी दिनुभयो ।
प्यूठान जिल्लामा एस इ इ को नतिजा खस्किएपछि गत असोज १४ गते जिल्ला स्तरिय सर्वदलिय छलफलबाट स्थानिय तहमा अन्र्तकृया कार्यक्रम गर्ने निर्णय गरेको थियो । बैठकले एसईई नतिजा सुधारका लागि कार्ययोजना बनाई पालिकास्तर हुँदै विद्यालयमा पुर्याउने निर्णय गरिएको प्रजिअ आचार्यले बताउनु भयो ।
प्रतिक्रिया