logo

  • १० माघ २०८२, शुक्रबार | Fri, 23 Jan 2026

  •      Listen Radio Live

    धरानस्थित भाटभटेनीमा जलेको अवस्थामा चार शव फेला

    धरानस्थित भाटभटेनीमा जलेको अवस्थामा चार शव फेला

    धरान । आन्दोलनकारीले जलाएको धरान उपमहानगरपालिका–९ स्थित पुतलीलाइनको भाटभटेनी सुपरमार्केटमा चार जनाको शव फेला परेको छ ।

    जलेको अवस्था भेटिएका ती शव यही भदौ २४ गते मङ्गलबार जेनजी आन्दोलनका क्रममा सुपरमार्केटभित्र पसेको आन्दोलनकारी हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिनुभयो ।

    खतिवडाका अनुसार आगजनीमा ती व्यक्ति सुपरमार्केटभित्रै फसेका थिए । मृतकमध्ये तीन जनाको शव चौथो तलामा र एक जनाको दोस्रो तलामा फेलापरेको उहाँले जानकारी दिनुभयो ।

    प्रवक्ता खतिवडाले भन्नुभयो, “जलेको अवस्था रहेकाले शवहरूको पहिचान तत्काल सम्भव नभएको र अब डिएनए परीक्षणबाट मात्र पहिचान हुनेछ ।” सबै शवको मुचुल्का उठाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको उहाँले बताउनुभयो ।

    भदौ २४ गते बेलुका करिब ७ः०० बजे ‘जेनजी आन्दोलन’का क्रममा एक समूहले भाटभटेनी सुपरमार्केटको सटर फोडी पेट्रोल खन्याएर आगो लगाएका थिए । सो आगलागी आज बिहानमात्र नियन्त्रणमा आएको थियो ।



    mandavionline mandavionline    
  • २७ भाद्र २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP