रविन विश्वकर्मा,प्युठान । आधारभूत तह कक्षा १ देखि ३ सम्म शिक्षण गर्ने शिक्षकहरूको लागि आयोजना गरिएको एकिकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड तालिम सम्पन्न भएको छ । मल्लरानी गाउँपालिकाको आयोजनामा खलंगामा संञ्चालन गरिएको दुई दिने तालिम आज सम्पन्न भएको हो ।
तालिममा मल्लरानी गाउँपालिका अन्तर्गतका २३ वटा विद्यालयका शिक्षक तथा शिशिकाहरुको सहभागिता रहेको थियो । तालिममा एकीकृत पाठ्यक्रमको अवधारणा, एकीकृत सिकाइ सहजीकरण प्रकिया, योजना निमार्ण, विद्यार्थी मूल्याङ्कन, सुक्ष्म शिक्षण अभयास लगायतका अन्य महत्वपुर्ण बिषयमा प्रशिक्षण दिइएको थियो । तालिमा शिक्षा विकास तथा समन्वय इकाइ प्युठानका प्रमुख दुर्गा बहादुर खड्का, महेन्द्र माध्यमिक बिद्यालयका प्रध्यानाध्यापक बिष्णु पौडेल, युएसएआइडिद्धारा संञ्चालित प्रारम्भिक कक्षा सिकाइ कार्यक्रमका सहजकर्ता रामचन्द्र जोशी र गाउँपालिकाका शिक्षा शाखा प्रमुख ठाकुर प्रसाद आर्चायले प्रशिक्षण दिनुभएको थियो ।
तालिमका सहभागिहरुले कक्षा शिक्षण सिकाइ सहजिकरणमा सहयोग पुग्ने बताएका छन् । तालिम मार्फत एकिकृत पाठ्यक्रम सम्बन्धी अस्पष्टता, सरल शिक्षण अभ्यास लगायतका अत्यन्तै महत्वपुर्ण बिषयहरुमा जानकारी लिएकाले तालिममा सिकेका कुरा ब्यवहारमा लागु गर्ने प्रतिवद्धता जनाएका छन् ।
कक्षा १ देखि ३ सम्म पढाउने शिक्षकहरूको एकीकृत शिक्षण सिकाइ सम्वन्धी पेसागत क्षमता अभिवृद्धि गरी एकीकृत पाठ्यक्रमको कुशल र प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यका साथ तालिम संञ्चालन गरिएको मल्लरानी गाउँपालिकाका शिक्षा शाखा प्रमुख ठाकुर प्रसाद आर्चायले बताउनुभयो ।
प्रतिक्रिया