logo

  • २० श्रावण २०८३, बुधबार | Wed, 05 Aug 2026

  •      Listen Radio Live

    प्युठानको सामुदायिक वनबाट ४० थान भरुवा बन्दुक तथा बन्दुकका पार्टपुर्जा बरामद

    प्युठानको सामुदायिक वनबाट ४० थान भरुवा बन्दुक तथा बन्दुकका पार्टपुर्जा बरामद

    प्युठान, साउन १८ — प्युठानको नौबहिनी गाउँपालिका–२ कुर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ४० थान भरुवा बन्दुक तथा बन्दुकका विभिन्न पार्टपुर्जा बरामद गरेको छ।

    इलाका प्रहरी कार्यालय लुङबाहानेबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान करिब ९ बजे नियमित गस्ती गर्ने क्रममा सामुदायिक वनभित्र पातले छोपेर लुकाइछिपाइ राखिएको अवस्थामा ती हतियार तथा पार्टपुर्जा फेला पारी नियन्त्रणमा लिएको हो।

    प्रहरीका अनुसार बरामद सामग्रीमा १८ थान साबुत भरुवा बन्दुक, १४ थान बेसाबुत भरुवा बन्दुक, ४ थान बन्दुकको नाल, १ थान बटको कुण्डा तथा ३ थान भरुवा बन्दुकको चाप रहेका छन्।

    वन क्षेत्रमा यसरी ठूलो परिमाणमा भरुवा बन्दुक तथा तिनका पार्टपुर्जा फेला परेपछि प्रहरीले बरामद सामग्री नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

    ती हतियार कसले, कहिले र कुन उद्देश्यले उक्त स्थानमा लुकाएर राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लुङ बाहानेले जनाएको छ।



    mandavionline mandavionline    
  • १८ श्रावण २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP