MANDAVI ONLINE, PYUTHAN.
भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले दिएको अभिव्यक्तिप्रति व्यवसायीले आपत्ति जनाएका छन् ।
व्यवसायीको मानमर्दन हुनेगरी दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै निर्माण व्यवसायी संघ प्यूठानले विरोध प्रदर्शन गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले काम नसक्ने निर्माण व्यवसायीको खुट्टा भाँच्ने अभिव्यक्तिले निर्माण व्यवसायी त्रसित भएको भन्दै अभिव्यक्ति सच्याउन माग गरिएको निर्माण व्यवसायी संघ प्यूठानका अध्यक्ष नवीन कुमार श्रेष्ठले जानकारी दिए ।

वर्तमान समयमा भइरहेको महंगीमा काम गर्नसक्ने अवस्था नहुँदा पनि निर्माण व्यवसायीले काम गरिरहेको अवस्थामा सरकारले राहत दिनुपर्नेमा धम्की र अस्वाभाविक अभिव्यक्ति दिनु गलत भएको बताए। निर्माण व्यवसायी संघ प्यूठानले प्रमुख जिल्ला अधिकारीलाई घटनाका विषयमा ध्यानाकर्षण समेत बुझाएको छ । नीति नियममा रहेर काम गर्ने निर्माण क्षेत्रलाई धराशायी र हतोत्साहित बनाउने अभिव्यक्ति सच्याउन माग गरिएको समेत बताए ।

साथै विरोध कार्यक्रममार्फत मूल्य समायोजन गर्नुपर्ने, निर्माण सामग्रीको सहज आपूर्तिको व्यवस्था मिलाउनुपर्ने, निर्माण व्यवसायीलाई सुरक्षा र सम्मानको प्रत्याभूति दिलाउन माग समेत गरेका छन् ।
प्रतिक्रिया