logo

  • ४ माघ २०८२, शनिबार | Sat, 17 Jan 2026

  •      Listen Radio Live

    नौबहिनीमा तेस्रो अध्यक्ष कप – २०८२ सुरु

    नौबहिनीमा तेस्रो अध्यक्ष कप – २०८२ सुरु

    माण्डवी अनलाइन,प्युठान ।

    नौबहिनी खेलकुद विकास समितिको आयोजनामा तेस्रो अध्यक्ष कप २०८२ आजदेखि नौ बहिनी गाउँपालिका–६ बहानेमा सुरु भएको छ।
    उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नौ बहिनी गाउँपालिकाका अध्यक्ष दिलबहादुर थापाले खेलकुदले युवालाई अनुशासन, एकता र सकारात्मक सोचतर्फ डो¥याउने बताउनुभयो। उहाँले यस प्रकारका खेलकुद प्रतियोगिताले स्थानीय स्तरका खेलाडीको प्रतिभा उजागर गर्न सहयोग पुग्ने भन्दै गाउँपालिकाले आगामी दिनमा पनि खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    अध्यक्ष कप अन्तर्गत पुरुष तथा महिला भलिबल तथा पुरुष ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगिता गङ्गा माध्यमिक विद्यालयको प्राङ्गण, बहानेमा आयोजना गरिएको हो। कार्यक्रममा नौ बहिनी गाउँपालिकाकी वर्तमान उपाध्यक्ष विष्णा थापा, निवर्तमान अध्यक्ष शिवराज रिजाल, गाउँपालिकाका १ देखि ८ सम्मका सबै वडा अध्यक्षहरू, स्थानीय जनप्रतिनिधि, खेलाडी तथा दर्शकहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन कर्ण बुढा मगरले गर्नुभएको थियो।
    आज देखि सुरु भएको प्रतियोगिता यही माघ ५ गतेसम्म सञ्चालन हुनेछ।



    mandavionline mandavionline    
  • ४ माघ २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP