logo

  • २८ पुष २०८२, सोमबार | Mon, 12 Jan 2026

  •      Listen Radio Live

    जिल्ला सुरक्षा तथा अनुगमन टोलीद्धारा नौबहिनी गाउँपालिकाका भिभिन्न मतदान केन्द्रको अवलोकन

    जिल्ला सुरक्षा तथा अनुगमन टोलीद्धारा नौबहिनी गाउँपालिकाका भिभिन्न मतदान केन्द्रको अवलोकन

    माण्डवी अनलाइन, प्युठान ।

    आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै आज जिल्ला प्रशासन कार्यालय प्यूठानको नेतृत्वमा सुरक्षा तथा अनुगमन टोलीले नौबहिनी गाउँपालिकाका विभिन्न मतदान केन्द्रहरूको अवलोकन गरेको छ।

    प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाई र जिल्ला प्रहरी कार्यालय प्यूठानका डिएसपी नरहरी अधिकारीसहितको संयुक्त टोलीले नौबहिनी गाउँपालिका वडा नम्बर ६, ७ र ८ अन्तर्गत रहेका निर्वाचन केन्द्र तथा बुथको स्थलगत निरीक्षण गरेको हो। अवलोकनका क्रममा टोलीले मतदान केन्द्रको भौतिक पूर्वाधार, सुरक्षा अवस्था, मतदाताको सहज पहुँच, अपाङ्गमैत्री व्यवस्था, मतपेटिका व्यवस्थापन तथा सम्भावित जोखिमका विषयमा जानकारी लिएको थियो।
    साथै स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीहरूसँग समन्वय गरी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित बनाउन आवश्यक निर्देशन समेत दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।



    mandavionline mandavionline    
  • २८ पुष २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP