राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा प्यूठानको बैठक पर्यटकिय स्थल मल्लरानीमा सम्पन्न
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा प्यूठानको बैठक पर्यटकिय स्थल मल्लरानीमा सम्पन्न भएको छ । प्रतिष्ठान जिल्ला शाखा प्यूठानका अध्यक्ष तुकमानशिंह कार्किको अध्यक्षतामा बसेको बैठकले ६ जना सल्लाहकार चयन गरेको हो ।
पर्यटकिय स्थल मल्लरानीमा बसेको तेस्रो बैठकले प्यूठान नगरपालिकाका पुर्व नगरप्रमुख अर्जुनकुमार कक्षपती, प्यूठान उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष पशुपतीनारायण नकर्मी, मल्लरानी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष कुमार श्रेष्ठ, सामुदायीक रेडियो प्रशारक संघका पुर्व केन्द्रिय उपाध्यक्ष भुवन शिंहलाई सल्लाहकारमा चयन गरेको हो । यस्तै कानुनि सल्लाहकारमा रामेश्वर सुबेदी र प्रेस सल्लाहकारमा शम्सेरबिक्रम जि.सीलाई चयन गरिएको प्रतिष्ठानका अध्यक्ष तुकमानशिंह कार्किले बताउनु भयो ।
प्रतिष्ठानले पर्यटन पवद्धन गर्ने उदेश्यले मासिक बैठक पर्यटयक स्थलहरुमा सञ्चालन गर्दै आइरहेको अध्यक्ष कार्किले बताउनु भयो ।
प्रतिक्रिया