logo

  • १४ असार २०८३, आईतवार | Sun, 28 Jun 2026

  •      Listen Radio Live

    आफैँले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपप्रमुखको निधन

    आफैँले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपप्रमुखको निधन

    प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

    उपप्रमुख रानाले आज नगरपालिकाको लु.प्र.०१–००१ झ ०००८ नम्बरको नगरपालिकाको बोलेरो पिकअप गाडी आफैँ चलाएर स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको अवस्थामा दुर्घटना हुँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरहरि अधिकारीले जानकारी दिनुभयो ।

    स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसाल सडक खण्डमा स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गर्दा नगरपालिकाको बोलेरो पिकअप जिप खाल भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनाग्रस्त गाडी सडकदेखि झण्डै ४०० मिटर तल खसेकाले थियो । उक्त गाडीलाई क्रेनको सहायताले तानेर उद्धार गरिएको र उपप्रमुख रानालाई उद्धार गरी उपचारका लागि भिङ्ग्री अस्पतालमा लगिएकामा स्वास्थकर्मीले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।



    mandavionline mandavionline    
  • १४ असार २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP