logo

  • २४ असार २०८२, मंगलवार | Tue, 08 Jul 2025

  •      Listen Radio Live

    महेन्द्र मा.वि.खलंगामा मा.वि. स्तरीय निवन्ध लेखन प्रतियोगिता हुने

    महेन्द्र मा.वि.खलंगामा मा.वि. स्तरीय निवन्ध लेखन प्रतियोगिता हुने

    रविन विश्वकर्मा,प्यूठान ।

    महेन्द्र माध्यमिक विद्यालय खलंगा प्यूठानमा निवन्ध लेखन प्रतियोगिता संञ्चालन हुने भएको छ । असोज ४ गते बिद्यालयमा मा.वि.स्तरिय निवन्ध प्रतियोगिताको आयोजना गरेको बिद्यालयले जनाएको छ । “ रेडक्रस अभियान, रक्तदान जीवन दान ” शिर्षकमा मल्लरानी गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालय बिच निवन्ध प्रतियोगिता हुने महेन्द्र मा.वि. युवा रेडक्रस सर्कलका संयोजक तथा शिक्षक कृष्ण केसीले जानकारी दिए ।

    नेपाल जूनियर युवा रेडक्रस सर्कल प्यूठानको २०८० मसिर १४ र १५ गते जनता मा.वि. विजुली प्यूठानमा सम्पन्न ३८ औं जिल्ला स्तरिय गोष्ठीको निर्णय अनुसार महेन्द्र मा.वि. युवा रेडक्रस सर्कलले मा.वि.स्तरिय निवन्ध प्रतियोगिताको आयोजना गर्ने जिम्मेवारी लिएको र सोहि अनुसार प्रतियोगिता संञ्चालन गर्न लागेको बिद्यालयका प्रध्यानाध्यापक बिष्णु पौडेलले बताए । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेलाई प्रमाण पत्र सहित पुरस्कारको ब्यवस्था गरेको विद्यालयले जनाएको छ ।



    mandavionline mandavionline    
  • २८ भाद्र २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP