रविन विश्वकर्मा,प्युठान । सशस्त्र प्रहरी बल नेपाल,आश्रित गुल्म प्युठानले १३ औ स्थापना दिवस मनाएको छ । २०६९ साल जेठ २३ गते जिल्लामा स्थापना भएको गुल्मले अाफ्नाे १३ औ स्थापना दिवस शुक्रबार विविध कार्यक्रमको आयोजना गरी भब्यताका साथ मनाएको हाे । अमर सशस्त्र प्रहरीहरूप्रति श्रद्धाञ्जली अर्पण, विभिन्न विधामा उत्कृष्ट सशस्त्र प्रहरीहरुलाई सम्मान, विविध सांस्कृतिक प्रस्तुति र शुभकामना आदानप्रदान गर्दै दिवस मनाइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा सशस्त्र प्रहरी बल, नेपाल नं–५ विन्ध्यावासिनी बाहिनी मुख्यालय, रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र कुँवरले दिवसको उद्घाटन गर्दै नवीन सुरक्षा चुनौतीहरूको सामना गर्दै त्यसलाई समाधान गर्न सशस्त्र प्रहरी दृढ रहेको बताउनुभयाे । अाफ्नाे ब्यक्तिगत स्वार्थ,अाग्रह तथा पुर्वाग्रहलाई थाती राख्दै संगठन बिकासकाे एउटै लक्ष्यका साथ राष्ट्रकाे सेवामा जुट्न अाग्रह गर्नुभयाे । सशस्त्र प्रहरी नायव महानिरीक्षक कुँवरले बिभन्न प्रकारका मन्सुनजन्य विपद प्रतिकार्य, ब्यवस्थापनमा बिभिन्न निकायहरुसंग समन्वय तथा सहकार्य गर्दै संगठन र राष्ट्रकाे शिर उच्च राखि सुशासनकाे अाभास दिलाउने गरि कार्यसम्पादनमा जाेड दिन निर्देशन दिनुभयो ।
विशेष अतिथि तथा प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले शान्ति–सुरक्षा, सीमा अपराध नियन्त्रणसंग संगै विपद् व्यवस्थापन तथा उद्वारका कार्यमा सशस्त्र प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । अागलागी, बाढि, पहिराे लगायतका विभिन्न घटनामा मानवीय सुरक्षाका लागि बिशेष योगदान गरेको उल्लेख गर्नुभयो । प्रमुख जिल्ला अधिकारी नेपालले सुरक्षा निकायमा बस्नकाे लागि समेत अावश्यक भाैतिक संरचनाकाे अभाव रहेकाे उल्लेख गर्दै देश र जनाताकाे सुरक्षाका निमित्त अहाेरात्र खटिने निकायलाई राज्यले स्राेत साधन तथा ब्यवस्थापनमा थप सहयाेग गर्नुपर्ने अावश्यकता अाैंल्याउनुभयाे ।
कार्यक्रमकाे समापन गर्दै सशस्त्र प्रहरी नायव उपरीक्षक ( गुल्मपती) रोहित बहादुर घिमिरेले जिल्लामा बिभिन्न विपद् व्यवस्थापन, अपराधीक गतिविधि नियन्त्रण, सडक दुर्घटना खाेज उद्वार, शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्न सशस्त्र प्रहरी प्रभावकारी रूपमा अघि बढेको बताउनुभयाे ।साथै जिल्लाकाे समग्र विकासका निमित्त अागामी दिनहरुमा सराेकारवाला निकायहरुसंग समन्वय सहकार्य गर्दै आफ्नो कार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिवद्वता जनाउनुभयाे ।
दिवसकाे अवसरमा गुल्मले विभिन्न कार्यसम्पादन तथा कार्यक्रममा सहयाेग गर्ने डिभिजन बन कार्यालय प्युठानका प्रमुख धनिश्वर न्याैपाने, निमतारा पाेलिक्लिनिकका संचालक तथा डाक्टर सुबास केसीलाई दाेसल्ला सहित कदर पत्रले सम्मान गरेकाे छ । त्यस्तै उत्कृष्ट कार्य सम्पादन गर्ने ३ जना सशस्त्र प्रहरीहरुलाई नगद सहित सम्मान र अन्य ८ जनालाई प्रसंसा पत्र प्रदान गरिएको छ । स्थापना दिवसकाे अवसरमा अायाेजित पारी अायाेजित विभिन्न खेलकुद प्रतियाेगिताका बिजयी कर्मचारीहरुलाई प्रमाण पत्र तथा पुरस्कार समेत वितरण गरिएकाे थियाे । साथै कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिकाे साथमा गुल्म मार्फत पन्चेबाजा सहित प्युठानी सराँय नाच समेत प्रस्तुत गरिएको थियाे ।
सशस्त्र प्रहरी बल नेपाल,आश्रित गुल्म प्युठानका प्रहरी नायव उपरीक्षक गुल्मपती रोहित बहादुर घिमिरेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जिसी, प्युठान नगरपालिकाका प्रमुख बिष्णु बहादुर याेगी, प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालकाे विशिष्ट अातिथ्यता रहेकाे थियाे । कार्यक्रममा सुरक्षा निकाय, जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पुर्व सशस्त्र प्रहरी ,पत्रकार लगायतकाे उपस्थिति रहेको थियाे । कार्यक्रमकाे संञ्चालन सशस्त्र प्रहरी निरीक्षक कृष्णप्रसाद भट्टराईले गर्नुभएकाे थियाे ।
स्थापना दिवसकाे अवसरमा गुल्मले यसअघि मन्दिर सरसफाइ, वृक्षारोपण, रक्तदान, खेलकुद, बिद्यालयस्तरमा बाढि पहिराे लगायत विपद प्रतिकार्य तथा पुर्व तयारी सम्बन्धि सचेतनामुलक लगायतका कार्यक्रम सम्पन्न गरेकाे थियाे ।
प्रतिक्रिया