नेपालगञ्ज, साउन २९ – गैरसरकारी संस्था महासंघ (गैसस) लुम्बिनी प्रदेशले साझा रणनीतिक योजना तथा नीतिगत स्पष्टताका लागि व्यापक तयारी गरेको छ ।
गैरसरकारी संस्था महासंघ (गैसस) लुम्बिनी प्रदेशद्धारा बुधबार भालुवाङमा आयोजित गैससको रणनीति, नीति तथा मार्गदर्शन सम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण मार्फत कार्यक्रमको सशक्तता र प्रभावकरितामा ध्यान केन्द्रित गरिएको छ । गैसस महासंघले २०३० सम्मको रणनीति निर्माण गरिरहेको सन्दर्भमा यो कार्यक्रम गरिएको हो । गैसस विज्ञ, गैससकर्मी, गैसस पदाधिकारी, सामाजिक अभियन्ता र अन्य क्षेत्रका अगुवासहितको समिक्षात्मक विमर्शसहित आगामी रणनीति तय गरिएको हो । गैससका ६ वटा रणनीति र नीतीगत विषयमा केन्द्रित रहेर अन्तरक्रियात्मक अभिमुखीकरण गरिएको थियो ।
गैरसरकारी संस्था महासंघका केन्द्रीय उपाध्यक्ष संजय लम्सालले गैसस महासंघ र गैससले समयानुकुल रणनीति, योजना र कार्यक्रम निर्माण गरेर अघि बढनु पर्ने आवश्यक्ता औल्याउनु भयो । कार्यक्रमका प्रमुख अतिथि एवं सहजकर्ताको समेत भूमिकामा रहनु भएका लम्सालले गैससले आमनागरिकलाई उद्यमशिलतातर्फ जोड्ने खालका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनु भयो । गैसस महासंघ लुम्बिनी अध्यक्ष सुशिला बेल्बासेको सभापतितवमा सम्पन्न कार्यक्रममा सल्लाहकार सुमित्रा शर्मा, केन्द्रीय सचिव नमस्कार शाह, केन्द्रीय सदस्य ठाकुर लोहागुन, पूर्व सचिव शोभाराम डाँगी, प्रदेश इन्चार्ज रीमा बीसी, सह–इन्चार्ज ठाकुर घिमिरे, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईं लगायतले गैससको रणनीतिमा केन्द्रित रहेर आआफनो सुझावसहितको धारणा राख्नु भएको थियो ।
सहभागी वक्ताहहरूले सामाजिक विकास र समुदायको उत्थानमा गैरसरकारी संस्थाहरूको भूमिकालाई थप सशक्त बनाउन जोड दिनु भएको थियो । कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेश कार्यक्रम संयोजक श्री केशव भुसालले महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुभएको थियो भने रिसर्चर हरिबोल आचार्यले कार्यक्रमको प्रभावकारितामा विशेष योगदान पु¥याउनुभएको थियो । अभिमुखीकरण कार्यक्रमले लुम्बिनी प्रदेशमा गैरसरकारी संस्थाहरूको साझा रणनीति निर्माण, नीतिगत स्पष्टता र प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसैबीच साघुरिदै गएको नागरिक समाजको भूमीकालाई कसरी सशक्त र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा समेत सरोकारवालासँग अन्तर संवाद गरिएको छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, भेला हुने, संगठीत हुने स्वतन्त्रतामाथि तिनै तहबाट कानून,नीति र कार्यविधिहरु मार्फत संकुचन गर्ने र नागरिक समाजका संस्थाहरु सञ्चालनमा जटीलता ल्याउन सक्ने सम्भावनालाई न्यूनीकरण गर्दै सहज बातावरण सिर्जना गर्न विषयगत( सामुहिक) छलफल र प्रस्तुती गरियो । अधिकारकर्मी, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गैससकर्मी लगायत विषयविज्ञले आवश्यक सुझाव प्रस्तुत गर्नु भयो । यस अघि बसेको गैसस महासंघ लुम्बिनी प्रदेश समितिको विस्तारित वैठकले केही सामयिक निर्णय गरेको छ ।
प्रदेश अध्यक्ष सुशिला बेल्बासेको अध्यक्षतामा बसेको वैठकले असाज मसान्त भित्र गैससको जिल्ला अधिबेशन गर्ने निर्णय गरेको छ । वैठकले संस्थाहरुको विवरण अद्यावधिक गर्ने, प्रदेश उपसचिव अर्जुन डाँगीलाई रिक्त रहेको सचिवमा र सदस्य शंकर न्यौपानेलाई उपसचिवमा मनोनित समेत गरेको छ ।
प्रतिक्रिया