रविन विश्वकर्मा, प्युठान । मल्लरानी गाउँपालिकाले दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । चालु आर्थिक बर्ष २०८१/ ०८२ को हालसम्म भए गरेका काम कार्वाही र सेवा प्रवाहका बारेमा आम नागरिकलाई जानकारी गराउन शुक्रबार २ नंम्बर वडा कुडारामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको हो । गाउँपालिकाको आयोजना तथा सामुदायिक रेडियो माण्डवीको सहजिकरणमा सार्वजनिक सुनुवाइ गरिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम न्यौपानेले दोस्रो चौंमासिक प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिकाको कुल विनियोजित बजेटको १९ दशमलव ३५ प्रतिशत बजेट खर्च भएको बताउनुभयो । कुल बजेट ४१ करोड ५९ लाख ९९ हजार ८ सय ५२ रुपैंया मध्ये हाल सम्म ८ करोड ५ लाख २६ हजार १ सय २१ रुपैंया खर्च भएको जानकारी दिनुभयो । त्यस्तै गाउँपालिकाको चालुतर्फ २४ दशमलव ५ प्रतिशत र पुंजिगत तर्फ ९ दशमलव ३४ प्रतिशत बजेट खर्च भएको छ ।
प्रमुख प्रशासकिय अधिकृत न्यौपानेका अनुसार चालुतर्फ कुल विनियोजित बजेट २७ करोड ४८ लाख १३ हजार ७ सय रुपैंया मध्ये ६ करोड ७३ लाख ३६ हजार ४२ रुपैंया खर्च भएको छ । यस्तै पूंजीगत तर्फ विनियोजित बजेट १४ करोड ११ लाख ८६ हजार १ सय ५२ रुपैंया मध्ये हाल सम्म १ करोड ३१ लाख ९० हजार ७९ रुपैंया खर्च भएको उहाँले बताउनुभयो । गाउँपालिकाबाट विनियोजन भएका केहि योजनाको निर्माण कार्य भैरहेको र केहि आयोजनाको भुक्तानी गर्न बाँकि रहेकाले आलु आर्थिक बर्षको अन्त्यसम्म खर्च प्रतिशत बढ्ने बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले वडा तथा गाउँपालिकाको कार्य सम्पादनमा देखिएका कमि कमजोरी, सेवा प्रवाह, कृषि, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायतका बिषयमा आफ्ना प्रश्न तथा गुनासोहरु राखेका थिए । साथै उनीहरुले विभिन्न विकास निर्माणका कामहरुलाई गुणस्तरी बनाउदै वडा तथा गाउँपालिकाबाट प्रदान गर्ने सेवाहरुलाई पार्दशि बनाउन सुझाव दिएका छन् । कार्यक्रममा उठेका सम्बन्धित बिषयमा गाउँपालिकाका अध्यक्ष कृष्ण खड्का, वडा अध्यक्ष, बिषयगत शाखा प्रमुखहरुले जबाफ दिनुभएको थियो।
गुनासो तथा प्रश्नको जवाफ दिदै गाउँपालिकाका अध्यक्ष कृष्ण खड्काले जनताका समस्या तथा जनताले माग गरेका योजनाहरू गाउँपालिकाले क्रमश सम्बोधन गर्ने बताउनुभयो । सिमित बजेटमा एकै पटक सबै काम सम्पन्न गर्न असम्भव भएकाले क्रमिक रूपमा प्राथमिकताका आधारमा काम गर्ने बताउनुभयो ।अध्यक्ष खड्काले चालू आवमा पालिकाले अर्थतन्त्रको प्रमुख स्रोत एवम् आर्थिक समृद्धिसंग जोडिने कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखी बजेट बिनियोजन गरेको बताउनुभयो । खड्काले कार्यसम्पादनमा भएका कमिकमजोरीलाई सुधार गर्दै बिकसित र समृद्ध गाउँपालिका निर्माण गर्न तत्पर लागि पर्ने प्रतिवद्दता जनाउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, स्थानीय ,जनप्रतिनिधि, बुद्धिजिबी पत्रकार लगाएतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया