रविन विश्वकर्मा,प्युठान । भोलि देखि सुरु हुने तेस्रो मल्लरानी खाना महोत्सवको सम्पुर्ण तयारी पुरा भएको छ । प्यूठान उद्योग वाणिज्य संघ मल्लरानी बजार क्षेत्रको आयोजनामा चैत ३१ गतेदेखि वैशाख २ गते सम्म खाना महोत्सव संञ्चालन हुन लागेको छ । महोत्सवको तयारी पुरा भएको मल्लरानी बजार क्षेत्रका सचिव पशुपति श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जिसीले गर्नुहुने छ । उद्घाटन सत्रमा सराय नाँच, मारुनी नाँच, पन्चेबाजा, भैलो प्रदर्शनी सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती गरीने आयोजकले जनाएको छ ।
मल्लरानीको पर्यटन प्रवर्धनसंगै स्थानीय स्तरमा उत्पादन भएका विभिन्न बस्तुहरु बिक्री वितरण तथा प्रर्दशन गर्ने स्थानीय अर्गानिक खानाका परिकार सहित विभिन्न कला, सस्कृति प्रद्शन गर्ने, मल्लरानीको महत्वलाई बुझाउने र चिनाउने महोत्सवको प्रमुख उदेश्य रहेको प्यूठान उद्योग बाणिज्य संघ मल्लरानी बजार क्षेत्रका अध्यक्ष भरत कुमार श्रेष्ठले बताउनुभयो ।
३ दिन सम्म संचालन हुने खाना महोत्सवमा कलाकार प्रचण्ड जि.सी, सन्दिप न्यौपाने, रितु थापा, नारायणी खत्री, बविता गुरुङ्ग र सम्झना रणपाल सहित स्थानीय कलाकारहरुको प्रस्तुती, लाईभ दोहोरी लगाएतका कार्यक्रम रहने छ । साथै नेवार, मगर, गुरुङ्ग लगायत विविध जातजातिका परम्परागत खानाका परिकाहरु रहने छन् । मल्लरानी गाउँपालिका तथा विभिन्न अन्य सरोकारवालासंगको सहयोगमा तथा सहकार्यमा महोत्सव संचालन हुन लागेको हो ।
प्रतिक्रिया