निजामती कर्मचारी युनियन प्यूठानले सांसद निमा गिरिलाइ सममान गरेको छ । नेपाल निजामती कर्मचारी युनियन प्यूठानको ९ औ जिल्ला अधिबेशनको अवसरमा लुम्बिनी प्रदेश सभा सदश्य गिरीलाई सम्मान गरेको हो । लुम्विनी प्रदेशमा रहेर प्रदश निजामती ऐन र स्थानिय तह निजामती ऐन लगायत निर्माणमा महत्वपूर्ण भुमिका खेलेको तथा प्रदेशमा नीति सुधारमा आवाज उठाई कार्यान्वयनमा जोड दियको भन्दै सासंद गिरिलाइ उत्कृष्ट सांसदका रूपमा सम्मान गरिएको हो ।
सांसद गिरिले प्रदेश सभामा गरेका बिषयको बार्षिक प्रतिबेदन( Report card) हरेक बर्ष सार्वजनिक गर्दै आइरहनु भएको छ । कर्मचारी युनियन प्युठान अध्यक्ष खिम बहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमले आजै नयाँ कार्यसमिती समेत चयन गर्नेछ ।
प्रतिक्रिया