logo

  • ५ असार २०८२, बिहीबार | Thu, 19 Jun 2025

  •      Listen Radio Live

    पत्रकार महासंघ प्युठान शाखाद्धारा नसर्ने रोगको निशुल्क स्वास्थ्य परिक्षणको आयोजना

    पत्रकार महासंघ प्युठान शाखाद्धारा नसर्ने रोगको निशुल्क स्वास्थ्य परिक्षणको आयोजना

    रविन विश्वकर्मा,प्युठान । नेपाल पत्रकार महासंघको ७० औं स्थापना दिवस भोलि देशैभर बिभिन्न कार्यक्रम गरी मनाइदै छ । दिवसको अवसरमा जिल्लामा नसर्ने रोगको परिक्षण कार्यक्रम गरिने भएको छ । चैत १६ गते (शनिबार) महासंघको स्थापना दिवसका अवसरमा पत्रकार महासंघ प्युठान शाखाले नसर्ने रोग ( बिएमआइ परिक्षण, मधुमेह, रक्तचाप, मृगौलाको ) परिक्षण कार्यक्रम आयोजना गरेको हो । शाखाको आयोजना तथा स्वास्थ्य कार्यालय प्युठान र प्युठान नगरपालिकाको समन्वयमा प्युठान नगरपालिका ३ बिजयनगर स्थित सापडाँडा स्वास्थ्य चौकिमा कार्यक्रम गर्न लागिएको हो । बिहान ८ बजे मित्रमणि चोक बिजुवार देखि सापडगाडा स्वास्थ्य चौकि सम्म प्रभातफेरी गरी  स्वास्थ्य परिक्षण कार्यक्रम सुरु गरिने छ ।

    कार्यक्रममा नसर्ने रोगको सबैको निशुल्क स्वास्थ्य परिक्षण गरिने पत्रकार महासंघ प्युठान शाखाका अध्यक्ष श्रीराम भण्डारीले बताउनुभयो । दिवसको अवसरमा आयोजना गरिएको प्रभातफेरी तथा स्वास्थ्य परिक्षण कार्यक्रममा सहभागी हुन पत्रकार महासंघका सदस्य, सम्पुर्ण संञ्चारकर्मी तथा आम सर्वसाधरणहरुमा स्वास्थ्य परिक्षण गरी सेवा लिन अध्यक्ष भण्डारीले अनुरोध गर्नुभएको छ ।



    mandavionline mandavionline    
  • १५ चैत्र २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP