प्युठानमा १ लाख ३ हजार ६ सय २० रुपैयाँ बराबरको नक्कली मह नष्ट गरिएको छ । प्रहरीले बरामद गरेको १ सय ७२ किलो ७ ग्राम नक्कली मह सोमबार नष्ट गरिएको हो । प्रहरीले बरामद गरेको उक्त नक्कली मह सोमबार नष्ट हो । माघ १४ गते बुटवलबाट रोल्पा जाँदै गरेको ना ४ ख ७३४६ नम्बरको बसबाट प्रहरीले अखाद्य मह जस्तो देखिने पदार्थ नियन्त्रणमा लिई परीक्षणका लागि खाद्य प्रविधि तथा गुण निययन्त्रण कार्यालय, नेपालगञ्ज पठाएको थियो ।
कार्यालबाट महमा अस्वभाविक गन्ध रहि जलाशंको मात्रा बढि, नेपाल सरकारले महको लागि तोकेको मापदण्ड नपुगेको पुष्टि गरेपछि प्रहरी, सम्बन्धित निकायको रोहवरमा खाल्डो खनेर नष्ट गरेको घरेलु तथा साना उद्योग कार्यालय प्यूठानका निमित्त उद्योग अधिकृत मनि गुरुङ्गले जानकारी दिनुभयो । १ लाख ३ हजार ६ सय २० रुपैयाँ बराबरको नक्कली मह नष्ट गरिएको बताउनुभयो। बरामद गरिएको महमा उपभोक्ताहरुलाई विश्वास दिलाउन कृतिम मौरीका चाका सहित माहुरी समेत राखेको उहाँले बताउनुभयो ।
जिल्लामा पछिल्लो समय नक्कली महको बिगबिगी बढेको छ । गत मंसिर महिनाम ३ लाख ९० हजार रुपैंया बराबरको ३ सय ९१ किलोग्राम नक्कली मह बरामद गरि नष्ट गरिएको थियो । ब्यापारीहरुबाट सजिलै उपभोक्ताहरु ठगिन सक्ने भन्दै कुनै पनि सामान खरिद बिक्रि गर्दा बस्तुको लेबलिङ र प्याकेजिङ उल्लेख भए नभएको, उपभोग्य मिति, मुल्य सुची हेरेर मात्रै सामान कार्यालय प्रमुख गुरुङ्गले आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया