रविन विश्वकर्मा,प्यूठान । नसर्ने रोग पहिचान तथा नियन्त्रण सम्बन्धि मल्लरानी गाउँपालिका स्तरिय अभिमुखिकरण सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा आइतबार खलंगामा अभिमुखिकरण सम्पन्न गरिएको हाे ।
`समयमै नसर्ने राेगकाे जाँच गराअाैं, स्वस्थ्य र दिर्घ जीवन बाँचाैं´ भन्ने मुल नाराका साथ स्वास्थ्य संस्था मार्फत रोग पड्ताल गर्ने जनस्वास्थ्य निरीक्षक राजु खड्काले जानकारी दिनुभयो । पछिल्लो समय सर्ने रोग भन्दा नसर्ने रोगहरु मधुमेह, क्यान्सर, प्रेसर जस्ता रोगहरुकाे जोखिम दिनानुदिन बढ्दै गएकाले सरकारले अभियानका रुपमा जाँच शुरु गरेको उहाँले बताउनुभयो ।
नसर्ने रोगहरुको समयमै पहिचान नहुँदा जटिल अवस्थामा पुगेपछि मात्र उपचार खोजिने हुँदा नसर्ने रोगबाट धेरैको ज्यान जाने गरेकाे उहाँले बताउनुभयो । नसर्ने रोगको समयमै निदान हुन सके उपचार सम्भव हुने जनस्वास्थ्य निरीक्षक खडकाले बताउनुभयो । नसर्ने राेग लाग्नुकाे प्रमुख कारण खराब जीवनशैली नै भएकाले राेगकाे जोखिमबाट बच्न नियमित खाना, शारिरीक ब्यायाम, तनावमुक्त समय र जिवनमा बढी ध्यान दिन उहाँले जाेडदिनुभयाे ।
नसर्ने राेगहरुबाट हरेक बर्ष विश्वरभर ४ कराेड १० लाख भन्दा बढि मानिसकाे मृत्यु हुने गरेकाे छ । यी मध्ये एक तिहाई भन्दा बढिकाे अल्पायुमै मृत्यु हुने गरेकाे तथ्यांकले देखाएको छ ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जिसीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फागुन महिनाभर ३० वर्षमाथिका नागरिकहरुमा नसर्ने रोगहरुकाे निःशुल्क स्वास्थ्य परीक्षण गर्ने गरी थालेकाे अभियान एकदमै महत्त्वपूर्ण रहेको बताउनुभयो । अभियानले नसर्ने रोग पहिचान तथा नियन्त्रण गर्न ठुलाे सहयाेग पुग्ने बताउदै अभियानलाई बस्ती तथा वडास्तरमा पुर्याउन जाेड दिनुभयो ।
यस्तै मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले स्वास्थ्यप्रती सबै सचेत हुनुपर्ने बताउनुभयो । नियमित स्वास्थ्य परिक्षणसंगै अानीबानीमा परिवर्तन गर्न सके विभिन्न प्रकारका सर्ने तथा नसर्ने राेगहरुबाट वचन सकिने बताउनुभयो । अध्यक्ष खड्काले अभियानलाई सफल बनाउनु सबैकाे साझा दायित्व भएकाे बताउदै कार्यक्रमका सहभागी मार्फत अाफ्नाे घर परिवार, छिमेक, समाजका सबैलाई जानकारी गराउन अनुराेध गर्नुभयाे। साथै ३० वर्षमाथिका नागरिकहरुलाई नजिकैकाे स्वास्थ्य संस्थामा गइ निःशुल्क स्वास्थ्य परीक्षण गराउन अाग्रह समेत गर्नुभयो ।
सरकारले नसर्ने रोग पहिचान तथा नियन्त्रण गर्न फागुन महिनाभर मधुमेह, उच्च रक्तचाप र मिर्गाैलासम्बन्धी रोगसहित शरीरको उचाइ र तौलको अनुपात पहिचान गर्ने गरी फागनु १ देखि देशभर निःशुल्क परीक्षण अभियान सञ्चालन गरेकाे छ । फागुन महिनामा पाठेघरको मुखको क्यान्सरविरुद्ध स्क्रिनिङ अभियान समेत सञ्चालन गरिएको छ ।
मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंमसेबिका लगायतको उपस्थित रहेको थियो । कार्यक्रमकाे संचालन मल्लरानी गाउँपालिकाका शिक्षा शाखा प्रमुख ठाकुर आचार्यले गर्नुभएको थियो ।
प्रतिक्रिया