logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    प्यूठानमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यू

    प्यूठानमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यू

    प्युठानमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ। टिकुरी बासपार्कबाट बाग्दुला तर्फ आउदै गरेको लु ९२प १३३७ नम्बरको मोटरसाइकलले सोहि सडकखण्डमा पैदल हिडिरहेका मल्लरानी गाउँपालिका–४ बासखोलाका अन्दाजी ७० बर्षिय रामचन्द्र शाहलाइ ठक्कर दिदा शाहको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    यस्तै बिजुवारदेखी बाग्दुला तर्फ आउदै गरेको लु १ ज ४००३ नम्बरको म्याजिक र बाग्दुलादेखी बिजुवार जादै गरेको लु ७६ प ५४०४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुइजना घाइते भएका छन् । प्युठान नगरपालिका–७ गाँजुरी सहिद पार्क नजिकै म्याजिक र मोटरसाइकल एक आपसमा ठिक्किएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा प्युठान नगरपालिका–४ का मोटरसाइकल चालक ३७ बर्षिया बिनोद नेपाली उनकी श्रीमती रेखा नेपाली घाइते भएका छन् ।
    घाइते दुबैजनालाइ थप उपचारका लागी बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।



    mandavionline mandavionline    
  • १४ पुष २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP