प्युठान । स्वर्गद्वारी नगरपालिका–१, भलाईडाँडामा भएको निशुल्क स्वास्थ्य शिविरमा १८९ जनाले सेवा लिएका छन् । ‘म’ अभियानको आयोजनामा शनिबार सम्पन्न गरिएको स्वास्थ्य शिविरमा शिविरमा १४१ महिला र ४८ पुरुष गरी १८९ जनाले सेवा लिएका हुन् । जसमध्ये १३ जनाले भिडियो एक्सरे सेवा लिएका छन् ।
डाक्टर सन्तोष के.सी., डाक्टर पौडेस शर्मा, डाक्टर जाफिर आलम, डाक्टर जमुना बिष्ट, लगायतले सुगर, प्रेसर, मृगौलाको परीक्षण सहित विभिन्न रोगको परीक्षण गर्नुभएको थियो । शिविरमा उपचार परामर्श, खानपान, जीवनशैली, योग र आरोग्यबारे परामर्श तथा जनचेतनामुलक सन्देश प्रदान गरिएको थियो । साथै विरामिलाई आवश्यक औषधि निशुल्क वितरण गरिएको थियो । स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले गरिएको शिविरप्रति स्थानीयवासीले खुसी व्यक्त गरेका छन्।
कार्यक्रममा ‘म’ अभियानका तर्फबाट सुमन सुबेदीले अभियान तथा शिविरको उद्देश्यबारे जानकारी गराउँदै सहभागी तथा सहयोगी सबैलाई धन्यवाद दिनुभएको थियो । वडाध्यक्ष मेघराज जी.सी.को उद्घाटन मन्तव्य सहित सुरु भएको कार्यक्रममा नगर प्रवक्ता सुरज संगम सुनार, फार्मेसी इन्चार्ज रामचन्द्र पौडेल, प्रहरी तथा स्थानीय लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया