logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    प्यूठानमा १३ हजार ७६३ जना किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइने

    प्यूठानमा १३ हजार ७६३ जना किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइने

    माण्डवी अनलाइन प्युठान । प्यूठानमा १३ हजार ७ सय ६३ जना किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइने भएको छ । जिल्ला भित्रका कक्षा ६ देखी १० कक्षासम्म अध्ययन गर्ने तथा बिद्यालय बाहिर रहेका १३ हजार ७६३ जनालाइ एच पि भी खोप दिन लागिएकाे हो ।

    जिललाका १५० बिद्यालय तथा ६५ स्थानकोखोप केन्द्र मार्फत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई यो खोप दिन लागियको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खडकाले जानकारि दिए । जिल्लाका ९ स्थानिय तहका बिद्यालयमा अध्ययनरत १३ हजार ५४६ जना छात्रा र २ सय १७ जना बिद्यालय बाहिर रहेका किशोरिलाइ खोप दिने बताउनुभयो ।

    गौमुखी गाउँपालिकामा बिद्यालयमा अध्ययनरत १ हजार ४४८ र बिद्यालय बाहिर रहेका ७७ जनागरि १ हजार ५२५, नौबहिनी गा पा मा १९५६, झिमरूक गाउँपालिकामा ४६६९, प्यूठान नगरपालिकामा २५६५, स्वर्गद्वारि नगरपालिकामा १७४६, माण्डवी गाउपालिकामा ११५३, मल्लानी गाउँपालिकामा ९३३, ऐरावती गाउँपालिकामा १००८ र सरूमारानी गाउँपालिकामा १४०८ गरी १३ हजार ७६३ जनालाइ खोप दिन लागिएको हो



    mandavionline mandavionline    
  • १५ माघ २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP