logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    प्रथम भित्रिकोट प्यूठान महोत्सव आज देखि सकियो

    प्रथम भित्रिकोट प्यूठान महोत्सव आज देखि सकियो

    रविन विश्वकर्मा, प्युठान । प्रथम भित्रिकोट प्यूठान महोत्सव आज देखि सकिएको छ । प्युठान उद्योग वाणिज्य संघ प्युठान बजार इलाकाको आयोजनामा भइरहेको महोत्सवमा जनताको जिउधनको असुरक्षा बढेको, जनगुनासो बढी आएको भन्दै नगरपालिकाले हिजो साझ एक सुचना जारी गर्दै महोत्सव सञ्चालनको अनुमति रद्द गरेको थियो । नगरपालिकाका मेयर विष्णुबहादुर योगीद्वारा जारी सूचनामा पुस ५ गतेदेखि १७ गतेसम्मका लागि महोत्सव सञ्चालन गर्ने अनुमति दिइएकोमा १६ गते आजदेखि लागू हुने गरी महोत्सव सञ्चालनमा रोक लगाइएपछि महोत्सव सञ्चालन अन्योलमा परेको थियो ।

    जिल्ला प्रशासन कार्यालय प्यूठानमा बसेको राजनीतिक दल, प्यूठान नगरपालिका र सुरक्षा निकायबीचको छलफलमा आज मात्र महोत्सव संचालन गर्ने समझदारी गरेसंगै महोत्सव सकिएको हो । ४ बजेसम्म मन्च कार्यक्रम गर्ने सहमति भएसंगै निर्धारित समयमा कार्यक्रम सम्पन्न गरिएको थियो । आयोजकले आज निशुल्क प्रबेशको ब्यबस्था मिलाएको थियो । आज चर्चित गायक रामजि खाँण, सम्झना रनपाल, हास्य कलाकार पुर्षोत्तम भण्डारी (पुर्खे बा) लगायतका कलाकारहरुले प्रस्तुति राखेका थिए ।महोत्सव स्थलमा भोलि कार्यक्रम हुने छैन । औपचारिक समापन महोत्सव सचिवालयमा गर्ने आयोजक समितिका अध्यक्ष प्यार अलि खानले बताउनुभयो ।

    नगरपालिकाले महोत्सव बेलुका ५ बजेसम्म सञ्चालन गर्नुपर्नेमा रातिसम्म सञ्चालन गरेको जसका कारण सडक दुर्घटना बढेको तथा महोत्सवस्थलमै दर्शकको मृत्यु हुनु जस्ता घटनालाई ध्यानमा राखेर महोत्सव सञ्चालनको अनुमति रद्द गरेको हो । १४ गते महोत्सवस्थलबाटै निस्कँदै गरेका एक जनालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको थियो भने सोही दिन मोटरसाइकल र म्याजिक गाडी ठोक्किँदा दुई जना घाइते भएका थिए । १५ गते महोत्सव हेरिरहेका एक जना महोत्सव स्थलमै ढलेर ज्यान गएको थियो ।



    mandavionline mandavionline    
  • १६ पुष २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP