logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    सरूमारानी ४ मा आगलागी जोखिम न्यूनीकरण गर्न कार्यदल गठन

    सरूमारानी ४ मा आगलागी जोखिम न्यूनीकरण गर्न कार्यदल गठन

    रविन विश्वकर्मा, प्यूठान । सरूमारानी गाउँपालिका वडा नंम्बर ४ मा वडा स्तरीय आगलागी पुर्वतयारी जोखिम न्यूनीकरण तथा प्रतिकार्य कार्यदल गठन गरिएको छ । आईतबार वडा कार्यालयमा आगलागी जोखिम न्यूनीकरण तथा पुर्व तयारीका बिषयमा गरिएको छलफलबाठ वडा अध्यक्ष चिन्त सोमै मगरको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको हो । गाउँपालिकाको वन वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक, बिभिन्न बन उपभोक्ता समिति, प्रहरी, नगर प्रहरी सम्मेलित सहितको कार्यदल गठन गरिएको वडा सचिव जनक सुनारले जानकारी दिनुभयो ।

    कार्यक्रममा बोल्दै कार्यदलका संयोजक तथा वडा अध्यक्ष चिन्त सोमै मगरले आगलागीको सिजन सुरु भैइसकेकाले यसकोे नियन्त्रणका लागी वडा तथा बस्ती स्तरमा सचेतना कार्यक्रम संञ्चालन गर्ने, पुर्वतयारी गर्ने, घटना बारे सूचना प्रवाह गर्ने, विपद नियन्त्रणको लागि तयार रहने, स्वयंसेवकहरु परिचालन गर्ने, राहत समाग्रीको ब्यस्थापन लगायतका कामहरु गर्ने बताउनुभयो । अध्यक्ष सोमै मगरले आगलागीका घटना रोक्नका लागि सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो । जिल्लामा आगलागिका घटनाहरु बर्षेनी बढ्दै गएकाले आगलागी पुर्व जोखिम न्यूनीकरणका लागि अपनाउनुपर्ने साबधानी, कानुनी बिषय, खोज तथा उद्दार सम्बन्धि तालिम बिषयमा अभियान संचालन गर्न जरुरी रहेको बताउनुभयो ।

    यस्तै सव डिभिजन वन कार्यालय बाङ्गेसालका बरिस्ठ फरेष्टर बसन्त कुवरले आगलागी नियन्त्रणका लागी बन उपभोक्तासंगै समुदायलाई सक्रिय बनाउने बताउनुभयो । घटनाको बिषयमा सबै भन्दा पहिले समुदाय नै जानकार हुने हुदाँ नागरिकलाई परिचालन गर्न सके घटनामा कमी आउने बताउनुभयो । उहाँले आगलागी लगाउने घटना घटाउने ब्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउने बताउनुभयो ।

    अध्यक्ष चिन्त सोमै मगरको अध्यक्षतामा भएको कार्यक्रममा सरुमारानी गाउँपालिका वन वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक पू्र्ख सिंह सुनार, गाउँपालिका वन प्राविधिक सन्देश घर्ती मगर, वडा सदस्यहरू, सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधि लगायतको सहभागीता रहेको थियोे ।



    mandavionline mandavionline    
  • १३ माघ २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP