logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    गौमुखिको अर्खा देखि काठमाडौसम्म बस सेवा संचालन गरिने

    गौमुखिको अर्खा देखि काठमाडौसम्म बस सेवा संचालन गरिने

    प्युठान। उत्तरी प्यूठानको गौमुखि गाउपालिकाको दुर्गम बस्ति अर्खा देखि काठमाडौं सम्म बस सेवा संचालन हुने भएको छ । स्वर्गद्वारी गौमुखि यातायात सेवा प्रा लि प्यूठानको बैठकले अर्खा देखि काठमाडौ सम्म रात्रि सेवा दिने गरि २६ सिट क्षमता भएको एसि डिलक्स बस सेवा सुचारु गर्ने निर्णय गरेको प्रा लिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताएका छन।
    आज बसेको बैठकले अर्खा काठमाडौं बस सेवा सुचारु गर्न चार ओटा बस संचालनमा ल्याउनु पर्ने निर्णय गर्दै ईच्छुक ब्यबसायिहरुका लागि दस दिने सुचना माघ आठ गते बाट लागुहुने गरि प्रकाशित गर्ने प्रा लिका प्रबन्धक कुमार श्रेष्ठले बताएका छन ।
    स्वर्गद्वारी गौमुखि यातायात सेवा प्रालिमा रही २१ बर्षसम्म कार्यलय प्रमुख रहेका घनश्याम घर्ती अबकाश भएका छन भने कार्यलय साहायक प्रमुख बिकास सुवेदी कार्यलय प्रमुखमा र लेखापाल दिपेन्द्र श्रेष्ठ कार्यलय साहयक प्रमुखमा बढुवा गरिएको छ ।
    आज बसेको बैठकमा प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गर्दै प्रा लिका संरक्षक सुनिल बस्नेतले बिदाई गरेकाछन । आज एक कार्यक्रमका बिच कार्यलय प्रमुखमा बढुवा भएका सुवेदी र कार्यलय सहायक प्रमुखमा बढुवा भएका श्रेष्ठलाई नियुक्ति पत्र हस्तान्तरण गर्दै बढुवा भएको संथाका पदाधिकारीहरुले सम्मान गरेका छन् ।



    mandavionline mandavionline    
  • ७ माघ २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP