रविन विश्वकर्मा,प्युठान । प्युठानमा अदुवा तथा बेसार जोन संञ्चालक समन्वय समिति गठन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ प्युठान अन्तर्गत जिल्लामा अदुवा तथा बेसार जोन कार्यक्रम संचालनका लागि लागि बिहिबार (आज ) समन्वय समितिगठन गरिएको हो । रेवत प्रसाद खनालको संयोजकत्वमा ९ सदस्यीय समिती गठन गरिएको छ । जसको सह–संयोजकमा बिष्णु पाण्डे, सचीव पदम बहादुर केसी, सहसचिब गोबिन्द बहादुर मल्ल, कोषाध्यक्षमा साबित्रा केसी चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा याम बहादुर पुन ,कासिराम शर्मा, कमला डिसी, तेमा राना रहनु भएको छ ।
अदुवा तथा बेसार जोन कार्यक्रम संञ्चालन तथा सहजीकरणको लागि समिति गठन गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ प्युठानका प्रमुख चुमान सिंह गिरीले बताउनुभयो । जोन कार्यक्रम संञ्चालन अन्तर्गत कार्यालयमा सुचिकृत भएका बिभिन्न कृषक समुह, कृषि सहकारी संस्था, कृषि उद्यमीहरुबाट समिति गठन गरिएको बताउनुभयो ।
गिरीका उहाँका अनुसार जोन कार्यक्रमलाई ब्यवस्थित रुपमा संञ्चालन गर्ने, कृषकका गुनासो, समस्या तथा आवश्यकताहरुलाई कार्यालय सम्म ल्याउने र कार्यालयका कार्यक्रम, गतिविधि कृषक सम्म पु¥याउने काम समितिले गर्ने छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ प्युठानका प्रमुख चुमान सिंह गिरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जिसीको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया