logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    प्यूठानमा ट्याक्टर दुर्घटना हुदा एक जनाको ज्यान गयो

    प्यूठानमा ट्याक्टर दुर्घटना हुदा एक जनाको ज्यान गयो

    रविन विश्वकर्मा,प्युठान । प्युठानमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । भने एक जना घाइते भएका छन् । ऐरावती गाउँपालिका ५ गोठिबाङबाट ढुंगा लोड गरी मल्लरानी गाउँपालिका ३ चौरपानीतर्फ आउँदै गरेको रा १ त ४४४५ नंम्बरको ट्याक्टर दुर्घटनामा परी ऐरावती गाउँपालिका–२ का २७ वर्षीय बिजय नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । दुर्घटनामा घाइते नेपालीको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारामा ज्यान गएको प्रहरी निरीक्षक निरन्जन रिजालले जानकारी दिनुभयो ।

    दुर्घटनामा परि ऐरावती गाउँपालिका–२ का ट्याक्टर चालक २३ वर्षीय शान्त बहादुर रावत घाइते हुनुभएको छ । जिल्ला अस्पताल बिजुवारमा उपचारपछि थप उपचारका लागी बुटवल रिफर गरिएको प्रहरी निरीक्षक रिजालले बताउनुभयो । ट्याक्टर सडकबाट अन्दाजी २० मिटर तल खसेको छ । ओभरलोडका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे बिस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।



    mandavionline mandavionline    
  • ९ पुष २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP